• ९ मंसिर २०८१, आइतबार

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज १७ गते  । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठान यसअघि प्रदेशको सामाजिक विकास मन्त्रालय रहेकोमा सामाजिक विकास मन्त्रालय टुव्रmाएर स्वास्थ्य मन्त्रालय बनाएसँगै प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्ने गरी सरकारले ऐन संशोधन गर्न प्रदेश सभामा विधेयक दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले बताउनुभयो । प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । प्रतिष्ठानका उपकुलपतिको कार्यकाल चार वर्षको हुने छ । गत साउनमा उपकुलपति पद रिक्त भएको थियो ।

बैठकले खेलाडी सम्मान तथा पुरस्कारका लागि रकम निकासा गर्ने निर्णय गरेको छ । यसअघि सम्मान गरेका खेलाडी पेरिस पारा ओलम्पिकका कांस्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदका रजत पदक विजेता एरिका गुरुङ एवं प्रशिक्षक र खेल सङ्घलाई पुरस्कार दिन घोषणा गरिएको २० लाख रुपियाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत युवा तथा खेलकुद मन्त्रालयलाई निकासा गरिएको मन्त्री लामिछानेले बताउनुभयो । यही असोज ३ गते खेलाडी, प्रशिक्षक र खेल सङ्घलाई सम्मान गरिएको थियो । 

मन्त्रालयमा सचिव रिक्त रहेको र सङ्घीय सरकारले पाँच जना सचिव पठाएकोले पदस्थापन गर्ने र स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । 

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने व्रmममा यसअघि मन्त्रीपरिषद्बाट पारित भएको जानकारी गराइएको थियो तर बुधबारको पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रीपरिषद्बाट पारित नभइसकेको बताउनुभएको थियो ।