• १२ असोज २०८१, शनिबार

खोलाले बगाउँदा किशोर बेपत्ता

blog

फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, असोज १२ गते । सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्नेक्रममा सोही ठाउँका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतोलाई बाढीले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता किशोरको स्थानीय र प्रहरी भएर खोजी गरिरहेका छन् । बिहीबार साँझदेखिको अविरल वर्षा शनिबार दिउँसोबाट रोकिएपछि सर्लाहीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।