• १२ असोज २०८१, शनिबार

अर्घाखाँचीको मुख्य सडक पहिरो खसेर अवरुद्ध

blog

अर्घाखाँचीको मुख्य सडकमा गएको पहिरो ।

गणेश खनाल

अर्घाखाँची, असोज १२ गते । अर्घाखाँचीको मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको हो । 

गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका क्षेत्रका विभिन्न स्थानमा खसेको पहिराले बिहानदेखि सडक अवरुद्ध रहेको छ। जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको नरपानी प्रहरी चौकी प्रमुख अर्जुन बस्नेतले बताउनुभयो । सडक अवरुद्ध बनेपछि यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् । गाडी सडकमै रोकिएका छन् ।

सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क ६ जगतादेखि नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। नरपानीबाट असईको कमाण्डमा ४ जना जेसिवीसहित खटिइएर काम सुरु भएको प्रहरीको भनाइ छ। 

सितगंगा नगरपालिका १२ बसेरीदेखि शितगंगा २ सितापुरसम्म ३ ठाउँमा बाटो अवरोध भएको र  सितापुरमा जेसिवीसहित टोली खटिइएको र सितगंगा १२ हिलेखोलातर्फ सई डम्बर बुढाथोकीको कमाण्डमा ४ जना टोली खटिइएको प्रहरीले बताएको छ।