• १२ असोज २०८१, शनिबार

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो

blog

राधा लुइटेल

फिदिम, असोज १२ गते । मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिबार बिहान ९ बजे बाढीले बेलिब्रिज बगाएको हो ।

मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा हेवा खोलामा रहेको पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएपछि त्यहाँ २९ दिन लगाएर बेलिब्रिज लगाइएको थियो ।

दसैँको मुखमा पुल बगेसँगै ताप्लेजुङ सहित पाँचथर जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका सडक सम्पर्क विच्छेद भएका छन ।