• १२ असोज २०८१, शनिबार

पहिरोले घर बगाउँदा एकको मृत्यु पाँच जना बेपत्ता

blog

राधा लुइटेल 

फिदिम, असोज १२ गते । फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।मृत्यु हुनेमा ५० वर्षीय गोपी विश्वकर्मा रहको पाँचथर प्रहरीले जनाएको छ  ।यो सँगै पहिरोमा परि पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

यसै गरी बेपता पहिरोमा परि हुनेमा र कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनको श्रीमती सरस्वती तुम्बापो रहेको प्रहरी निरीक्षक हेमन्त क्षेत्री भण्डारीले जानकारी दिनु भएको छ । 

बेपताहरूको खोजी कार्य भइरहेको र थप विवरण आउन बाकी रहेको  प्रहरीले जनाएको छ ।