• १२ असोज २०८१, शनिबार

उमेर होइन खुसी (कविता)

blog

उमेर होइन खुसी हरदिन, लानु पर्छ बढाउँदै

जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।१।।


सप्तरङ्गी सैयौँ सपना, आँखाभरि सजाउँला

दुःख पीडा व्यथा बिर्सी, आफ्नै धुनमा रमाउँला ।

पार्नु पर्छ खुसी दोब्बर, आफ्नै उमेर घटाउँदै

जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।२।।


दिन महिना वर्ष गन्दै, मिति अङ्क सच्याउँला 

हरदिन आफ्नै जन्मदिन, जस्तै गरी मनाउँला ।

जिन्दगीका प्रत्येक पलमा, प्रेमको पारो चढाउँदै

जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।३।।


उमेर होइन खुसी हरदिन, लानु पर्छ बढाउँदै

जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।४।।

Author

एस्पी कोइराला