• ११ असोज २०८१, शुक्रबार

दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छः उपमहासचिव बस्नेत

blog

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, असोज १० गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भारत अहिले उदाउँदो अर्थतन्त्र भएको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताउनुभयो । उहाँले तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताउनुभयो ।

‘‘यतिबेला भारतमा एउटा उदाउँदो अर्थतन्त्र देखिरहेको छ । उदाउँदो अर्थतन्त्रको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैका लागि खुशीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ । हामी खुशी छौँ ।,’’ उपमहासचिव बस्नेतले भन्नुभयो, ‘‘त्यो तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ । दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका स्रोत र साधनको सही ढङ्गले प्रयोग गर्नसक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् । ४५ प्रतिशत वनजङ्गलको सही सदुपयोग गर्न आवश्यक छ । जलस्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’’

उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजङ्गलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।