• ११ असोज २०८१, शुक्रबार

सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता हो : सभापति देउवा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

काठमाडौँ, असोज ९ गते।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ। 

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार उहाँले यस्तो बताउनुभएको हो।  उहाँले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताउनुभयो।  उहाँले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो।  

उहाँले भन्नुभयो, ‘सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुस्।  अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाको हो।  थारु, मुस्लिम सबैको देश हो।  सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो। ’

उहाँले कांग्रेसहरु एक भएर अघि बढ्नुपर्ने बताउनुभयो।