• ११ असोज २०८१, शुक्रबार

गजल

blog

आकाशको जून टिपी दिन्छु भन्न जान्दिनँ म

स्वतन्त्र छ माया मेरो कसमले बान्दिनँ म ।


आज कुरा लुकाएर भोलि खोल्नै पर्ने हुन्छ

सत्य साँचो बोलिदिन्छु कुरा अड्काई छान्दिनँ म ।


देखासिकी गर्नु पर्छ माया प्रेममा भन्छौ भने

व्यवहारमा जिउनु पर्छ सिद्धान्तलाई मान्दिनँ म ।


कस्ती रै’छ मान्छे भनी नजर जुदाउँदै छौ

मृगतृष्णा नजरले कसैलाई नि हान्दिनँ म ।


यही कुरा सुन बुझ अरु भन्नु छैन बाँकी

मन नपरे जता जाऊ हात समाई तान्दिनँ म ।