• ११ असोज २०८१, शुक्रबार

भव्य रूपमा मनाइयो दसौँ संविधान दिवस

blog

कोशी प्रदेश ब्युरो 

विराटनगर, असोज ४ गते । कोशी प्रदेश सरकारले १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरको सहिद रङ्गशालाबाट प्रभातफेरीको आयोजना गरी स्थानीय आदर्श माध्यमिक विद्यालयमा पुगेर सभामा परिणत भएको हो । 

प्रभातफेरीमा निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलगायत प्रदेशका विविध जातजाति, भाषाभाषी, वेशभूषा र धर्मसंस्कृति मान्ने समुदायका झाँकीसहित सहभागी भएका थिए ।  

कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई तीन वटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको थियो ।  संविधान दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनको महìवपूर्ण अङ्ग भनेकै प्रदेश तह भए पनि माथिल्लो तहका रूपमा रहेको सङ्घ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँट हुन नसक्दा समस्या भोग्दै आउनु परेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक तथा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प लिएको स्मरण पनि गर्नुभयो ।

उहाँले कोशी प्रदेश सरकारले संविधानको मर्म, भावना र जनचाहना अनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्दै मुलुकलाई सामाजिक न्याय, आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेकाले त्यसै अनुरूप प्रदेश सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभाका सदस्यहरू, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव केदारनाथ शर्मा, स्थानीय तहका जनप्रतिनिधिलगायत उच्च पदस्थ निकायका प्रमुख तथा सम्बद्ध अधिकारीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यान्वयनमा जोड

यसैबिच इनरुवा समाचारदाताका अनुसार इनरुवामा १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी, बिरामीलाई फलफूल वितरणसहित विभिन्न कार्यव्रmम गरिएको छ । जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा बिहान प्रभातफेरी र महानन्द पार्कमा झन्डोत्तोलन कार्यव्रmम गरिएको हो । 

कार्यक्रममा वक्ताले संविधानको आवश्यकता, कार्यान्वयन र अवसरका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले संविधान बनेको हिसाबबाट उत्कृष्ट भए पनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएकाले कार्यान्वयन गर्न सबै इमानदार हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधानमा भएका प्रावधान, संविधानलाई टेकेर बनेका कानुनको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला समारोह समितिका अध्यक्ष राजन मेहताले संविधान सभाबाट पारित भई नेपालमा लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जग तयार भएको नौ वर्ष पूरा हँुदासमेत सबैले अपनत्व ग्रहण गर्ने हुन नसेकाले संशोधनसहित सबैको माग र मुद्दा सम्बोधन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा इनरुवा नगरप्रमुख केदार भण्डारीले संविधानले सात प्रदेशमा आधारित सङ्घीय शासन व्यवस्थाको प्रबन्ध गरेको र सबैको समानुपातिक सहभागिता सुनिश्चित गरेकाले त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । उहाँले संविधान सभाका ९० प्रतिशतभन्दा बढी सभासदद्वारा पारित भएकाले सबैले रक्षा, संरक्षण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

हाजिरी जवाफ प्रतियोगिता

इनरुवा नगरपालिकाले संविधान दिवसका अवसरमा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना ग-यो । प्रतियोगितामा इस्टपोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुल पहिलो, ज्ञान विमर्श एकेडेमी दोस्रो र सूर्यकिरण एकेडेमी बलाहा तेस्रो भएका छन् । कार्यव्रmममा प्रमुख अतिथि केदार भण्डारी र विशेष अतिथि उपप्रमुख विनिताकुमारी मेहताले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

धार्मिक स्थलमा सरसफाइ

त्यस्तै ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गामा सरसफाइ, ब्याडमिन्टन प्रतियोगिता, दीपावलीलगायतका कार्यव्रmम आयोजना गरियो । दिवसको अवसरमा बिहीबार बिहान सिद्धिचरण नगरपालिका–११ मा रहेको जाल्पा मन्दिर परिसरमा सरसफाइ गरिएको हो । 

वातावरण सफा, स्वच्छ राखे स्वस्थ रहिन्छ र जिल्लाका धार्मिक सम्पदाको संरक्षणमा सबै जुट्नु पर्छ भन्ने सन्देशसहित दिवसको अवसरमा सरसफाइ कार्यव्रmम गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी ढकालको संयोजकत्वमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, नेपाली सेनाको दुर्गा बक्स गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल आश्रित गुल्म र राष्ट्रिय अनुसन्धानका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्थाका प्रतिनिधिलगायतको सहभागितामा धार्मिक स्थलको सरसफाइ कार्यव्रmम गरिएको हो । यसका साथै दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । 

मिनी म्याराथन

यसैबिच बिर्तामोड समाचारदाताका अनुसार लायन्स क्लब अफ कनकाई दुर्गापुरले बिहीबार मिनी म्याराथनको आयोजना गरेको छ । म्याराथनमा बिर्तामोडका १५ वर्षीय धावक शिव कार्की पहिलो हुनुभएको छ । बिहान ६ बजे दुर्गापुर सहिद गेट हँुदै काशीचोक, जामुनबारी चोक हुँदै पुनः सहिद गेटसम्मको सात किलोमिटरको दुरी कार्कीले १९ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । यसै गरी  सुखदेव टुडु दोस्रो सुरज थापाले तेस्रो र सुवास दनुवार सान्त्वना पुरस्कार र महिलातर्फ शर्मिला दर्नाल पहिलो हुनुभयो । प्रतियोगितामा जम्मा ५२ जनाको सहभागिता रहेको लायन्स क्लब अफ कनकाई  दुर्गापुरका भुवन खतिवडाले बताउनुभयो । 

विजयी प्रतियोगी तथा सहभागीलाई  कोशी प्रदेश सभाका सदस्य तथा पूर्वकृषिमन्त्री भक्तिप्रसाद सिटौला, लायन्स क्लब ३२५ सीका सेकेन्ड गर्भनर लायन लीलाप्रसाद चिमरिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई नगरपालिका–७ का वडाध्यक्ष भीष्म सिटौला, कोटिहोम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापालगायतले नगद तथा पुरस्कार प्रदान गर्नुभयो । 

संविधान परिवर्तनशील

इलाम समाचारदाताका अनुसार इलाम सदरमुकाममा प्रभातफेरी निकालिएको छ । इलामको ठुलो टुँडिखेलबाट निस्किएको प्रभातफेरी बजार परिव्रmमा गर्दै चोकबजारमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले नेपालको संविधान परिवर्तनशील भएकाले यसलाई संशोधन गर्दै सबैको अपनत्व हुने किसिमको बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय विभिन्न दल र राजनीतिक समूहले आफ्नो पहिचानको मुद्दा अगाडि सार्दै संविधानको विरोध गरिरहेको अवस्थामा सबैको मुद्दालाई सम्बोधन हुने गरी संविधानलाई साझा बनाउन सकिने प्रशस्त बाटो रहेको जिसस प्रमुख राईको भनाइ थियो । 

कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहित जिल्लास्थित सुरक्षा निकायका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता थियो । त्यस्तै सूर्योदय नगरपालिकामा भने खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । महिला, पुरुष, भेट्रानलगायत फरक फरक समूहमा कन्यामदेखि फिक्कलसम्म दौड प्रतियोगिता गरिएको हो । 

खुला पुरुष दौडमा पाँचथर मिक्लाजुङका रोशन राई पहिलो, दमक नगरपालिकाका सरोज सिंह दोस्रो र मुक्सम लिम्बू तेस्रो हुनुभएको छ । खुला महिला दौडमा मिक्लाजुङ गाउँपालिकाकी पुष्पा शेर्मा लिम्बू पहिलो, सूर्योदय नगरपालिका–१२ की अर्चना राई दोस्रो र वर्षा राई तेस्रो हुनुभएको छ । यस्तै पुरुष भेट्रान्सतर्फ सूर्योदय नगरपालिका–११  का अविनारायण अधिकारी पहिलो, आइतमान राई दोस्रो र हेमन्त लावती तेस्रो हुनुभएको छ । 

दौडमा सूर्योदय नगरप्रमुख रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडाध्यक्षहरू, जनप्रतिनिधिलगायतको सहभागिता थियो । विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सूर्योदयमा नेपालको संविधानको कार्यान्वयन र यसका चुनौती विषयमा अन्तव्रिर्mयासमेत आयोजना गरिएको बताइएको छ । संविधान दिवसका अवसरमा इलामका १० वटै स्थानीय तहमा विभिन्न कार्यव्रmम आयोजना भइरहेका छन्  ।