• ११ असोज २०८१, शुक्रबार

गाम्नागे र गौतमलाई भैरव पुरस्कार

blog

काठमाडौँ, असोज ४ गते । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको भैरव पुरस्कार र चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । ५१ हजार १११ रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।

भैरव पुरस्कार गुठीद्वारा मङ्गलबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कारका लागि सिफारिस सो नाम अनुमोदन गरेको हो । गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइटेल र हरिकला उप्रेती सदस्य रहनुभएको पुरस्कार चयन समिति  गठन गरेको थियो ।