• २१ पुस २०८१, आइतबार

इडब्ल्युभिएलको ट्रफी सार्वजनिक

blog

इडब्ल्युभिएल को ट्रफी ।

काठमाडौँ, भदौ ३० गते । पहिलो पटक हुन लागेको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को ट्रफी सार्वजनिक भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार काठमाडौँमा ट्रफी सार्वजनिक गरेको हो । भलिबल खेलको सारलाई समेट्ने गरी ट्रफी डिजाइन गरिएको बताएको छ । ट्रफीमा खेलाडीको हातले बललाई हानिरहेको देखिन्छ ।

ट्रफीलाई थप सुन्दर बनाउन गुलाबी रङ्गका क्रिस्टल गरिएको छ । गुलाबी रङ्गका क्रिस्टलहरुले महिला भलिबलको शक्ति र अनुग्रहलाई झल्काउने आयोजकले जनाएको छ । नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रहादुर चन्द, लिगका प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईँलगायतले ट्रफी सार्वजनिक गर्नुभयो ।

असोज १४ देखि १९ गतेसम्म हुने लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिस गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।सहभागी सबै ६ टोलीले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् ।

गण्डकीले सरस्वती चौधरीलाई, काठमाडौँले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी र चितवनले राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ । आयोजकले यस पटक लिगको ट्रफी टुर समेत गर्ने जनाएको छ ।