बिर्तामोड, भदौ २९ गते । झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको छ ।
कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेको थियो । उहाँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने ती युवा पक्राउ गरेको छ ।