• ७ मंसिर २०८१, शुक्रबार

सुनको मूल्यमा नयाँ रेकर्ड

blog

काठमाडौँ, भदौ २६ गते । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।

बुधबार एक हजार रुपियाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपियाँ  कायम भएको हो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा एक हजार ७६५ रुपियाँ कायम भएकोमा बुधबार बढेर एक हजार ७८० रुपियाँमा कारोबार  भइरहेको महासङ्घले जनाएको छ ।