• २७ पुस २०८१, शनिबार

चुरेका विकट गाउँबाट बसाइँ सर्ने बढे

blog

ईश्वरपुर नगरपालिका–१२ स्थित विकट क्षेत्रमा पर्ने गुइडुङ गाउँमा रहेको एक घर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, भदौ १९ गते । सर्लाहीको चुरेवर्ती विकट गाउँ छाडेर सुगम ठाउँमा बसाइँ सर्नेहरू बढेका छन् । जिल्लाको उत्तरवर्ती ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको सिन्धुलीसँग सीमा जोडिएका दुर्गम चुरेपाखाका बासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवा, सुविधाको खोजीमा चुरेफेदीका गाउँमा बसाइँ सर्ने व्रmम बढेको हो । वैदेशिक रोजगारबाट परिवारको आर्थिक अवस्था सुध्रिएसँगै धेरै परिवार सुख, सुविधा खोज्दै पाखा तल झरेका हुन् । 

ईश्वरपुर नगरपालिका–१२, गुइडुङ गाउँका वीरबहादुर थिङले वैदेशिक रोजगारीबाट गाउँमा ठुलो परिवर्तन देखा परेको बताउनुभयो । आर्थिक अवस्था सबल भएपछि कतिपय चुरेफेदीमा बसाइँ सरेर गएका र कतिपयले तलमाथि दुवैतर्फ घर बनाएर बस्न थालेको थिङले बताउनुभयो ।  

ईश्वरपुर–१२ को गुइडुङ, छोड्के, पिपलदमार, लामिदमार, बाँकेखोला र शिरलगायत एक दर्जनभन्दा बढी बस्तीका धेरै परिवार बसाइँ सरेर सोही वडाको चुरेफेदीका गाउँमा झरेका छन् । यसरी चुरेफेदीमा झर्ने अधिकांश स्थानीय बालबालिकाको शिक्षादीक्षा, खानेपानी र यातायातको सुविधा खोज्दै आइपुगेको बताउँछन् ।  

लालबन्दी नगरपालिका–१३ को नारायणडाँडा र त्यस आसपासका बस्ती, वडा नं. १५ को शिरकालिन्जोरसहित चुरेपाखाका गाउँ र वडा नं. १४ को नारायणखोलाबाट दर्जनौँ परिवार बसाइँ सरेर पत्थरकोट, परवानीपुर, लालबन्दीलगायतका ठाउँमा आइपुगेका छन् । लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले आर्थिक अवस्थामा सुधार आएपछि बालबच्चालाई पढाउन र समयमै औषधी उपचार पाइने भन्दै धेरैले चुरेपाखाका बस्ती छाडेर सहर झर्न थालेको बताउनुभयो । 

उहाँका अनुसार नारायणखोलाका धेरै जसोले पछिल्लो समय पत्थरकोट र लालबन्दीमा घर बनाएका छन् । आर्थिक अवस्था कमजोर रहेकाहरू भने गाडी चढ्नका लागि तीन÷चार घण्टा पैदल हिँड्नुपर्ने विकट पाखामा घर भए पनि बाध्यतावश अन्यत्र बसाइँ सरेर जान सकेका छैनन् । 

हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङ अहिले वडा तथा विभिन्न सङ्घ संस्था र निकायले बिजुली, खानेपानी र कच्ची सडक पु¥याएपछि धेरै परिवार गाउँमै बस्न थालेको बताउनुहुन्छ । आर्थिक अवस्था सबल बनेपछि केही परिवारले पुरानो थातथलो छाडे पनि अधिकांश भने विकट भए पनि रमणीय चुरेपाखामा बस्नै रमाइरहेका वडाध्यक्ष घिसिङको भनाइ छ । 

चुरेका दर्जनौँ विकट बस्ती पर्ने हरिवन–१ मा वडा तथा नगरले ठाउँ ठाउँमा खानेपानी र सडक तथा नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले बिजुली पु¥याएका छन् । चुरेका केही दुर्गम बस्ती रहेका बागमती नगरपालिका–१ मा पनि व्रmमिक रूपमा विकास पु-याइरहेको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले बताउनुभयो । 

पाख्रिनले आफ्नो वडामा पनि पुरानो बसोबास रहेको केही परिवार बसाइँ सरेर तल चुरेफेदी र अन्य सहर बजारमा गएका बताउनुभयो । आधारभूत आवश्यकताका चिज पु¥याउनै मुस्किल पर्ने चुरे भेगमा बस्न साँच्चै नै असहज रहेको वडाध्यक्ष पाख्रिनको भनाइ छ ।