ठाकुर सेनेहाङ
तेह्रथुम, भदौ १५ गते । तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।
म्याङलुङ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा छथर जोरपाटी धनकुटालार्र्ई ४–१ गोलले हरायँदै तेह्रथुमले उपाधि जितेको हो ।
बिबिसी तेह्रथुमका लागि मिलन राईले चार गोल गर्नुभयो । उहाँले नवौँ, ३७औँ, ४९औँ र ७९औँ मिनेटमा गोल गर्नुभयो । छथर जोरपाटीका हरि मगरले सान्त्वना गोल गर्नुभयो ।
उपाधिसँगै बिबिसी तेह्रथुमले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता छथर जोरपाटीले एक लाख रुपियाँ पायो ।