• १६ भदौ २०८१, आइतबार

बाढीका कारण बलुचिस्तानका १० जिल्लालाई विपद् प्रभावित घोषणा

blog

बलुचिस्तान (पाकिस्तान), भदौ १५ गते । बलुचिस्तान सरकारले गम्भीर वर्षा पछिको बाढीका कारण दश जिल्लालाई विपद् प्रभावित क्षेत्र घोषणा गरेको एआरवाई न्युजले जनाएको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएम)का अनुसार प्रभावित जिल्लामा कलात, जियारत, सोहबतपुर, लासबेला, अवारन, काची, जाफराबाद, उस्ता मुहम्मद, लोरालाई र चगाई रहेका छन्  । 

पिडिएमएको पछिल्लो रिपोर्टअनुसार बाढीले कम्तीमा २९ जनाको ज्यान लिएको छ भने १५ जना घाइते भएका छन् ।

रिपोर्टअनुसार बाढीले ८५८ वटा घरहरू पूर्णरूपमा ध्वस्त भएका छन् भने १३ हजार ८९६ वटा आंशिक क्षति भएका छन् । बाढीले कृषि क्षेत्र तथा सडक प्रभावित भएको एआरवाई न्युजले जनाएको छ ।

पिडिएमएले स्थानीय जिल्ला प्रशासनलाई प्रभावितका लागि सहयोग तथा राहत कार्य सुरु गर्न  निर्देशन दिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले आगामी २४ घण्टासम्म सिन्धको तटीय क्षेत्रमा थप वर्षाको चेतावनी जारी गरेको छ ।

मौसम प्रतिकुलताले थप समस्या ल्याउने आसङ्कासिहत सम्भावित जोखिम क्षेत्रमा थप बाढी निम्त्याउन सक्ने, एआरवाई न्युजले रिपोर्ट गरेको छ । वर्षा जारी रहँदा, समयमै सहायता प्रदान गर्न बढी प्रभावित गरी जन– जीवन सामान्य बनाउने तर्फ ध्यान केन्द्रित गरिएको छ । रासस/एएनआई