• १६ भदौ २०८१, आइतबार

चलचित्र बोर्डमा डिसी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डिसी) नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मागेको आवेदनमा छ जनाले आवेदन गरेका थिए । तीमध्ये तीन जनाको नाम सिफारिस भएको थियो ।

चलचित्र निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारूढ नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्षसमेत हुनुहुन्छ । डिसीले सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘सुनचाँदी’ बाट अभिनय सुरु गर्नुभएको हो । पछिल्लो पटक उहाँले चलचित्र ‘फुलैफूलको मौसम तिमीलाई’ निर्देशन गर्नुभएको थियो ।