• १६ भदौ २०८१, आइतबार

पहिरोले कर्णाली राजमार्ग फेरी अवरुद्ध

blog

गगनेखोलामा आएको पहिरोले सबै ग्याविन जाली सहित बगाउँदा सडकको निसाना सम्म छैन । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट भदौ १३ गते । बर्सातका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । बुधवार दिउसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ गगनेखोलामा भीषण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । राजमार्ग बुधवार बेलुका ८ः३० बजेबाट अवरुद्ध भएको जनाइएको छ । 

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन गगनेखोलामै थन्किएकाले कालीकोट सदरमुकाम मान्मबाट अन्य जिल्ला र स्थानमा जाने यात्रु सदरमुकाममै अलपत्र छन् । पहिरो गगने खोला सँगै हुल्मवाजर, एसमोड, दहिखोला लगायतका ठाउँमा झरेको छ । उता कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले करिडोर समेत अवरुद्ध भएको छ । 

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबै भन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम भइरहेको बताउनुभयो । मौसम सफा देखिएकाले आजै सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा रहेको बताउनुभयो । थप पानी नपरेको खण्डमा आजै सडक खुल्न सम्भवतः त ठुलो पहिरो पन्छाउने बित्तिकै स साना पहिरो गाडी सगसगै पन्छाउँदै सडक सुचारु गराउने प्रयासमा रहेको बताउनुभयो ।