• १६ भदौ २०८१, आइतबार

अरिँगालले टोक्दा एक जनाको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, भदौ १२ गते ।
गोरखामा अरिँगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार छिमेकीको घैया धान काट्न मेलामा गएको बेलामा नजिकै रहेको गैराबारीको चिलाउनेको रुखमा चढ्दा कालो अरिँगालले बिहान १ बजे टोकेर गम्भीर घाइते बनाएको उहाँले बताउनुभयो ।

गम्भीर घाइते भएका कुँवरलाई स्थानीय स्वास्थ्यकर्मी घरमा बोलाएर सल्यान पानी लगाएर सामान्य उपचारपछि अस्पताल लैजाने क्रममा बेलुका ५ः३० बजे कुँवरको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।