१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ?
रु. १४ खर्ब ४५ अर्ब ३२ करोड
– अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ ।
– राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ ।
– शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड बचत रहेको छ ।
– वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।
– आयात १.२ प्रतिशत र ३.० प्रतिशतले घट्यो ।
– विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।
२. नेपालमा आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो बैङ्क कुन हो ?
नबिल बैङ्क
– आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने प्रथम संस्थाहरू
– वाणिज्य बैङ्क : नबिल बैङ्क
– विभाग : राहदानी विभाग
– जिल्लास्थित सरकारी प्रशासनिक कार्यालय : जिल्ला प्रशासन कार्यालय, रुपन्देही
– स्थानीय तह : तिलोत्तमा नगरपालिका, रुपन्देही
– जलविद्युत् आयोजना : हाइड्रोपावर कम्पनी लि.
३. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाई नयाँ विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ?
डारियस भिसेर (समोआ)
– भिसेरले २०२४ अगस्ट १९ मा एकै ओभरमा सर्वाधिक ३९ रनको विश्व कीर्तिमान कायम गरेका हुन् ।
– आइसिसी टी–२० विश्वकप अन्तर्गत पूर्वी एसिया प्रशान्त क्षेत्र छनोटमा भिसेरले भानुआटुविरुद्धको खेलमा एकै ओभरमा ६ छक्कासहित ३ नो बलमा ३९ रन जोड्न सफल भएका छन् ।
– एकै ओभरमा ३६ भन्दा बढी रन बनाएको यो पहिलो पटक हो ।
४. भारतका चर्चित सन्त पाइलट बाबाको निधन कहिले भएको हो ?
सन् २०२४ अगस्ट २०
५. नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
सिंहदरबार वैद्यखाना
– राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको हो ।
– शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्ग बहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
– सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको हो ।
– विसं २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।
६. नेपालमा मन्ट्रियल सन्धि –१९९९ कहिलेदेखि लागु भएको हो ?
विसं २०७५ मङ्सिर २९
७. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?
फादर विलियम वर्क
– वर्कको कृति सही शब्दले विसं २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।
– वर्कको सन् २०१९ नोभेम्बरमा निधन भयो ।
८. निजामती सेवामा हाल सबैभन्दा बढी आकर्षण कुन प्रदेशको रहेको छ ?
मधेश प्रदेश
– लोक सेवा आयोगको पछिल्लो प्रतिवेदन अनुसार आव २०७९÷८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिने चार लाख ८३ हजार २०३ जनामध्ये सबैभन्दा बढी मधेश प्रदेशका (१,२०,३८९ जना) रहेका छन् ।
– दरखास्त दिने कुन प्रदेशका कति
मधेश प्रदेश : १,२०,३८९
लुम्बिनी प्रदेश : ८१,९९५
कोशी प्रदेश : ६९,१२१
कर्णाली प्रदेश : ६४,२९०
सुदूरपश्चिम प्रदेश : ५८,०४९
बागमती प्रदेश : ४६,२७१
गण्डकी प्रदेश : ४२,९९७
जम्मा : ४,८३,२०३
९. थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री को हुन् ?
पेतोङतार्न सिनावात्रा (सन् २०२४ अगस्ट)
– सिनावात्रा थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री हुन् ।
– यसअघि उनकी काकी यिङलक सिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
१०. अखिल नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो ?
विसं २००८
– नेपालमा विसं २०३६ चैत देखि एन्फा कप सुरुवात भएको हो ।
– नेपालको फुटबलमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व जनरल नरशम्शेरको नाममा विसं २०२५ मा ‘नर ट्रफी’ स्थापना गरिएको हो ।
– अखिल नेपाल फुटबल सङ्घको नयाँ लोगो
विसं २०७५ फागुन २० (सन् २०१९ मार्च ४) मा सार्वजनिक भएको छ । यसका डिजाइनर सन्दीप तिवारी हुन् ।
– नेपालले विश्व फुटबल महासङ्घको (फिफा) को सदस्यता सन् १९७३ मा लिएको हो ।
११. जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?
जिराफ
१२. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदुषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?
८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)
१३. युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
रियो द जेनिरियो (ब्राजिल)
१४. मेचे जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?
झापा
– सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी’ भनिन्छ ।
१५. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैङ्कले कहिले गरेको हो ?
विसं २०७६ फागुन २२
१६. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकहरूले गरेका हुन् ?
चीन (सन् २०१८)
१७. दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?
सन् २०२० फेब्रुअरी
– माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनःआबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो ।
– मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनी पछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो ।
१८. हरित पेटिका अभियानका संस्थापक को हुन् ?
वांगारी माथाई
१९. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?
प्रत्येक १० वर्षमा
२०. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्ना जस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?
स्क्रब टाइफस
२१. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
काठमाडौँ
– पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्वबागमती नदी किनारमा रहेको छ ।
२२. सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले ग¥यो ?
विसं २०८१ भदौ ६
– सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
– टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।
– विसं २०८० कात्तिक २७ को मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
२३. सरकारले विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्गे्रजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेख्ने निर्णय कहिले गरेको हो ?
विसं २०७३ भदौ १२
२४. “म चित्र बनाइरहेको सपना देख्छु । त्यसपछि मात्र सो सपनाको चित्र बनाउँछु ।” भन्ने चित्रकार को हुन् ?
भिन्सेन्ट भ्यानगग
२५. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?
जुम्ला
– गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।
– कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।
– उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।
– प्रोटिन र फाइबरलगायतका तत्व बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ । जुम्ली मार्सीको बिउ राख्न निश्चित दिनबार नै तोकिएको हुन्छ ।
२६. सूचनाको हक सम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
स्विडेन
– स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको छ ।
– संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको छ ।
– संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।
– सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको छ ।
२७. गौरा पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?
सुदूरपश्चिम
– विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशमा यो पर्वलाई ऐतिहासिक मौलिक पर्वका रूपमा धुमधाम साथ मनाउने गरिन्छ ।
२८. सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?
यज्ञराज शर्मा
२९. दुई मुलुकबिचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?
दसगजा क्षेत्र
प्रस्तुतकर्ता : टङ्क केसी