• १६ भदौ २०८१, आइतबार

नारायणगढ सडकमा रोपाइँ जात्रा

blog

भरतपुर समाचारदाता

चितवन, भदौ १२ गते  । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिर नारायणगढले सोमबार चितवनको नारायणगढ बजारमा रोपाइँ जात्रा निकालेको छ । कलामन्दिर परिसरबाट निकालिएको जात्रामा श्रीकृष्ण र राधाको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर सहभागी गराइएको थियो । जात्रामा श्रीकृष्ण र राधालाई दुई घोडाले तान्ने रथमा राखेर रथारोहण गराइएको थियो । मानिसलाई नै गोरुको रूपमा जुवा लगाएर हलोले सडकमा जोतेको, बाउसे गरेको र रोपाइँ गरेको अभिनय गरिएको थियो । 

रोपाहार बाउसेले जातीय र समूहगत विभिन्न पोसाकमा सजिएका थिए । पन्चैबाजा र भजनसँगै बाउसे र रोपाहार गीत गाउँदै रोपाइँको अभियन गर्दै बजार परिक्रममा गरेका थिए । नारायणी कला मन्दिरले प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन रोपाइँ जात्रा आयोजना गर्दै आएको छ ।