• १६ भदौ २०८१, आइतबार

पुल बगाएपछि विद्यालय बन्द

blog

खोलाले आधा भाग बगाएको आवतजावत गर्ने ट्रस्ट वृज । तस्बिर.सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, भदौ ११ गते । खोला तर्ने वैकल्पिक व्यवस्था नहुँदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । भदौ २ गते आएको बाढीले ट्रस्ट बगाएपछि सार्वजनिक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो ।

यही भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरेर शिवालय गाउँपालिका–६ स्थित सडकदेवी माध्यमिक विद्यालय टुनीबगरलाइ बन्द गरिएको छ । पठनपाठन बन्द गरिएको ६ दिन बितिसक्दा पनि उक्त विद्यालय सञ्चालनमा आउन सकिरहेको छैन । रोकायजाँत, रिसिना, टुनीबगर, बुँर्दाका विद्यार्थीहरूले दैनिक शिक्षा हासिल गर्दै आएको विद्यालय पूर्ण रुपमा बन्द भएपछि ३५० जना भन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन् ।

विद्यालयमा आउन जानका लागि प्रयोग हुँदै आएको टुनीबगरको ट्रस्ट भदौ २ गतेको बाढीले बगाएको थियो । तत्काल खोला तर्ने वैकल्पिक व्यवस्था नभएपछि सूचना प्रकाशित गरेर ४ दिनको लागि उक्त 

एक हप्ताको समय बितिसक्दा पनि विद्यालय सञ्चालन गर्न सडकदेवी मावि टुनीवगरका शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक, वडा समिति र गाउँपालिकाले कानमा तेल हालेर बस्न नहुने अभिभावकहरुको भनाइ रहेको छ ।

शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु ज्ञवालीले भिसन वर्षा पछि आएको बाढी, पहिरोले टुनीबगरको ट्रस्ट मात्र नभए बाटोघाटो सबै बन्द गरेको बताउनु भयो । केही दिनसम्म खोलाले बगाएको टुनीवगरको ट्रस्ट हेर्नलाई जान सक्ने बाटो समेत नभएको बताउँदै अधिकृत ज्ञवालीले गाउँपालिकाले स्क्यावेटर प्रयोग गरेर बल्ल–बल्ल त्यहाँ पुगेर हेर्न सकिने बाटो बनाइएको बताउनु भयो । 

गाउँपालिका अध्यक्ष शेर बहादुर शाही हिजो मात्र गाउँपालिकाले ईन्जिनियरलाइ टुनीबगरमा पठाएर खोलाले बगाएको ट्रस्ट अध्ययन गर्न लगाइएको बताउनु भयो । साथै तत्काल खोला तर्नलाई अस्थायी वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने विषयमा फिल्ड अध्ययन गर्न लगाएको अध्यक्ष शाहीको भनाइ रहेको छ । 

पानी परेको दिन बाहेक अन्य दिनमा विद्यालय बन्द गर्न आवश्यक नरहेको शिवालय गाउँपालिकाका इन्जिनियर मनोज केसीले बताउनु भयो । पानी नपरेको दिनमा वारी–पारी गर्नलाई काठ प्रयोग गरेर खोला तर्न सकिने अवस्था रहेको इन्जिनियर केसीको भनाई छ ।