• १६ भदौ २०८१, आइतबार

पृथ्वी राजमार्ग दुवैतर्फ सुचारु गरिने

blog

घाँसीकुवामा पहिरो पन्छाइँदै । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ७ गते । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आउने भएको छ  । अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझ सवा ६ बजेबाट एक तर्फी सुचारु भएकोमा आज दुईतर्फी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

शुक्रवार दिउँसो ३ बजेसम्ममा राजमार्ग दुईतर्फी सञ्चालन गर्ने गरी पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो । यात्रुलाई अप्ठ्यारो नपरोस् भन्नको लागि छिटो सुचारु गर्न दुईतर्फीबाट पहिरो पन्छाउने काम गरिएको रायले जानकारी दिनुभयो । पहिरो गई सडक पूर्ण रूपमा अवरुद्ध हुँदा २६ घण्टा वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो भने बिहीबार साँझबाट एकतर्फी सञ्चालनमा आएको थियो ।

पहिरो हटाउने काम मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डले गरिरहेको छ । त्यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।