• १६ भदौ २०८१, आइतबार

आचारसंहिताविपरीत प्रचार सामग्री बरामद

blog

कास्की समाचारदाता

कास्की, वैशाख २५ गते । स्थानीय तह निर्वाचन आउन अब आठ दिन बाँकी छ । निर्वाचन नजिकिँदै जाँदा प्रचारलाई पनि तीव्रता दिइएको छ । पोखरा महानगरपालिकामा राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै प्रचार गरेको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले आचारसंहिता अनुगमन समितिले १५ थान लाउड स्पिकर बरामद गरेको छ । 

जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य हुमनाथ पराजुली र मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत नीलप्रसाद पनेरूसहितको अनुगमन टोलीले माइक नियन्त्रणमा लिएको हो । अनुमगन अधिकृत पनेरूका अनुसार नियन्त्रणमा लिएको माइक काँग्रेसका छ, राप्रपाका चार, एमालेका तीन र जसपाका दुईवटा रहेका छन् । यो कारबाहीलाई साङ्केतिक रूपमा बुझ्न पनेरूले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “आइन्दा यस्तो नगर्ने सर्तमा माइक फिर्ता दिइने तर यही प्रवृत्ति दोहो-याए कारबाही गरिनेछ ।”

निर्वाचन कार्यालयमा आचारसंहिता उल्लङ्घनका विषयमा चार/पाँच उजुरी परेका छन् । मतदातालाई प्रभावित पर्न एउटा दलले उपहार दिएको उजुरी आएको छ । अर्को निर्वाचन अधिकृतलाई धम्क्याएको उजुरी परेको छ । अधिकृतलाई धम्क्याएको आरोपमा अटेरी अभियानका अशोक खड्का यतिबेला प्रहरी नियन्त्रणमा छन् । पनेरूका अनुसार कार्यालयमा दलको टी–सर्ट प्रयोग भएको, माइक प्रयोग भएकोजस्ता उजुरी छन् । उहाँले भन्नुभयो, “आचारसंहिता उल्लङ्घन भएको भनेर निवेदन कार्यालयलाई दिनुप¥यो । यसले हामीलाई थप सहयोग पु-याउँछ ।”

निर्वाचन आचारसंहिताविपरीत क्रियाकलाप गरे उम्मेदवारी नै खारेज हुन सक्ने निर्वाचन कार्यालयका गण्डकी प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य खालको उल्लङ्घनमा सचेत गराउँछौँ । गल्ती नदोहो-याउन भन्छौँ । गम्भीर उल्लङ्घन भए आयोगले नै स्पष्टीकरण सोध्छ । 

ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार गाडीमा ठूल्ठूला प्रचारका सामग्री राख्ने, भित्तामा पर्चा टाँस्ने, माइकिङ र टेपरेकर्ड बजाउने, सार्वजनिक ठाउँमा पर्चा, पम्प्लेट राख्ने, पार्टीको झन्डासहितको टी–सर्ट, टोपी लगाउनु आचारसंहिताविपरीत मानिन्छ । कतिपय कर्मचारीले त निर्वाचनका बेला सरकारी गाडी प्रयोग गरी -याली र माइकिङसमेत गरेका छन् । महानगरभित्र घरदैलो तथा कोण सभामा ठूला राजनीतिक दलले निर्वाचन आचारसंहिताविपरीत चर्को हर्न बजाउने, माइकिङ गर्ने, ठूलो टेप रेकर्ड घन्काउने गरेका छन् । 

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले निर्वाचनमा निर्वाचन आयोग ऐन २०७३ को दफा २२ मा कपडामा बनाइएको तीन/तीन फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।