• ९ मंसिर २०८१, आइतबार

पौडी खेल्न जाँदा पोखरीमा डुबेर मृत्यु

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ६ गते ।
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँ नजिकै रहेको पोखरीमा डुबेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथको खिङ्गाका ३५ वर्षीय विकल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

साथीहरुसँगै पौडी खेल्न पुगेका गुरुङ पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

युवाको मृत्यु भएको सूचनापछि कागबेनी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक यमबहादुर दरैको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का लगायतका कार्यपछि शवलाई जिल्ला अस्पताल मुस्ताङमा पोष्टमार्टम गरी परिवारलाई बुझाई सकिएको उहाँले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।