• ७ मंसिर २०८१, शुक्रबार

निर्वाचनमा राजनीतिक नैतिकता

blog

चुनाव सार्वजनिक पदका लागि कुनै व्यक्तिलाई चयन गरेर मतदानद्वारा राजनीतिक प्रस्तावलाई स्वीकार या अस्वीकार गर्ने औपचारिक प्रक्रिया हो । यस्तो प्रक्रिया कहिलेदेखि सुरुवात भयो भन्ने आधिकारिक जबाफ नभए पनि प्राचीन रोमको एथेन्समा पोप र पवित्र रोमन सम्राट्को चयन प्रक्रियामा चुनाव गरिएको थियो तर समकालीन दुनियाँमा १७औँ शताब्दीको सुरुवातताका युरोप र उत्तर अमेरिकामा प्रतिनिधि सरकारद्वारा शासन व्यवस्था हुन थालेपछि चुनाव सुरुवात गर्ने गरिएको हो । नेपालमा २००४ सालमा राणा शासकहरूले वीरगञ्ज र काठमाडौँमा जनप्रतिनिधि चुन्न चुनाव सुरुवात गरेको देखिन्छ । 

त्यो समय प्रतिनिधिको समग्र धारणा एउटा अधिक व्यक्तिवादी अवधारणा मात्र थियो, जसमा व्यक्तिलाई महìवपूर्ण एकाइ मानिन्थ्यो तर अहिले समय बदलिएको छ । चुनावका विधि प्रक्रियामा कैयन् परिवर्तन आए र चुनाव सम्पन्न गर्न पनि आचारसंहितालगायतका नियम कानुन तर्जुमा गरियो र चुनाव लोकतन्त्रको एक महìवपूर्ण हिस्सा बन्यो तैपनि समय–समयमा चुनावमा विकृतिसमेत देखा प¥यो र सोचेजस्तो चुनावका परिणाम पनि आएनन् । 

फोहोरी राजनीति

चुनावबारे थुप्रै आचारसंहिता प्रस्तुत गरिए पनि चुनावमा अरूको प्रतिष्ठालाई नोक्सान पु¥याएर आडम्बरपूर्ण निन्दनीय बयान प्रसारित गरिएका घटना सुन्नमा आउँछ । हालैको स्थानीय निर्वाचनका क्रममा केही उम्मेदवारलाई चुनाव आयोगले स्पष्टीकरण मागसमेत गरेको छ । सार्वजनिक रूपमा व्यक्त गरिएका आधारहीन विचारप्रति चुनाव आयोग अझ दह्रो र कडा रूपले प्रस्तुत हुनुपर्छ । नेपालमा मात्र होइन, नकारात्मक सन्देशहरू सम्प्रेषित गर्नका लागि दक्षिण एसियाका मुलुकमा राजनीतिक उपकरणकै रूपमा विकसित गरिएको निन्दनीय व्यवहार प्रशस्त देख्न पाइन्छ । 

प्रतिद्वन्द्वीहरूलाई निष्पक्ष रूपले प्रतिष्पर्धा गर्ने क्षमतामा बाधा पु-याइयो भने त्यो आचारसंहिताको उल्लङ्घन भएको ठहर्छ । केही धनाढ्य उम्मेदवारले चुनावको समय आफ्नो प्रचारप्रसार र सेवाका लागि नभई प्रतिद्वन्द्वीहरूलाई रोक्नका लागि मानिसहरू भर्ना गरेका विगतमा देखिएको थियो । विगतको चुनावमा एउटा पार्टी अथवा उम्मेदवारले लगाएको पोस्टर पम्प्लेटलगायत प्रचार सामग्री अर्को उम्मेदवारले हटाएको घटना पनि सामान्य जस्तो नै थियो । यदि कुनै उम्मेदवार या पार्टीले अरूको पोस्टर या प्रचार सामग्री हटाउने या उसको प्रचारप्रसार अभियानलाई बाधा पार्ने क्रियाकलाप गर्छ भने त्यो आचारसंहिताको घोर उल्लङ्घन हो । यसका साथै कुनै पनि मानिसलाई चुनावमा प्रतिष्पर्धा गर्न रोक्ने प्रयास झनै खतरनाक सङ्केत हो । यसले प्रजातन्त्रलाई सुदृढ संस्थागत गर्दैन । 

कुनै पनि अभियान जोसुकैले जुनसुकै उद्देश्यले गरिएको होस्, जसले नागरिकलाई चुनावमा प्रतिष्पर्धा गर्न र नागरिकलाई मतदान गर्न बाधा उत्पन्न गर्छ भने त्यसले निष्पक्ष र स्वतन्त्र चुनावको हाम्रो लोकतान्त्रिक धारणामा सिधा हस्तक्षेप गरेको सम्झनुपर्छ र त्यसलाई हरेक कोणबाट सबै नागरिकले विरोध जनाउनुपर्छ । विगतमा मतपत्र नष्ट भएको, चुनावमा डर, धम्की र अनेक किसिमको प्रलोभन देखाएर मतदातालाई हतोत्साही बनाउने रणनीति फोहोरी राजनीतिको हिस्सा हो र यसपालि चुनावमा यो दोहोरिन हुँदैन । 

यसका साथै कुख्यात मासु र रक्सी एक यस्तो नकारात्मक शब्द हो, जुन अक्सर नेपाली चुनावको अगाडि आउने गर्छ । मासु र रक्सीको प्रभावले मतदाताले सही निर्णय गर्न र प्रतिक्रिया दिनका लागि समय पाउँदैनन् । रक्सीको सेवनले मतदाता तर्कसङ्गत स्पष्टीकरण या अस्वीकार गर्न सक्ने अवस्थामा हुँदैनन् । यसकारण कतिपय देशमा चुनावको केही समयअघि रक्सी पिउन बन्द गरिन्छ र सार्वजनिक स्थानमा भेटियो भने उनीहरूलाई कारबाहीसमेत हुन्छ । यस्ता फोहोरी राजनीतिको थुप्रै उदाहरण छन् र यसलाई समयमै निराकरण गर्न सकिएन भने यसले चुनावको परिणामलाई प्रभावित बनाउँछ र प्रजातन्त्र नै सङ्कटमा पर्न सक्छ । 

नैतिकता र पैसा

नैतिकता भन्नासाथ मानिसहरू सही, न्यायसङ्गत, निष्पक्ष, कर्तव्यपरायण र जिम्मेवार हुन जरुरी हुन्छ । नैतिकता उम्मेदवार या दलहरूले मात्र पालन गर्नुपर्ने विषय होइन, नैतिकता सबैले पालन गर्नुपर्छ । चुनावमा नैतिकतामा विचलन पत्रकारमा पनि आएको घटनाक्रमले पुष्टि गरेको छ । सञ्चारमाध्यमको उच्चस्तरको सार्वजनिक प्रभाव हुने गर्छ, जसले विशेष गरेर प्रजातन्त्र संस्थागत नभइसकेका र हिंसाग्रस्त क्षेत्रहरूमा अनैतिक मिडिया रिपोर्टिङले सङ्घर्षलाई बढाउने गर्न सक्छ । सञ्चारमाध्यम संयमित र मर्यादित हुँदा हिंसा रोकिएको र सार्वजनिक सञ्चारमाध्यमले अनैतिक रिपोर्टिङ गर्दा ३१ प्रतिशत हिंसा बढाएको अध्ययनको नतिजा सार्वजनिक भएका छन् ।

राजनीतिक अनैतिकतालाई रोक्नुभन्दा चुनाव कसरी जित्नेमा मात्र प्राथमिकता दिएको हो कि भन्ने आभास केही घटनाक्रमले दिने गरेको छ । स्थानीय चुनावमा पैसालगायत अन्य वस्तुको प्रलोभन, डरधम्कीका घटना विगतको चुनाव बगे्रल्ती सार्वजनिक भएका थिए । यसको साथै शक्तिको दुरुपयोग भएका उजुरीहरू चुनाव आयोगमा दर्ता भएको थियो, जसले गर्दा मानिसहरूलाई राजनीति भनेको हरेक प्रकारले जित्नैपर्ने खेलजस्तो भयो । हुन त चुनावमा सबै विजय नै चाहन्छ तर नैतिकता र मर्यादाबिना विजयी भएको चुनावले पद प्राप्त भए पनि जनप्रतिनिधि बन्न भने सक्ने छैनन् । 

भारत, पाकिस्तान र बङ्गलादेशलाई आधार बनाएर गरिएको एक अध्ययनमा दक्षिण एसियामा मतदाताको राजनीतिक व्यवहार ज्यादै व्यावहारिक छ तर पैसाले राजनीतिमा विशेष गरेर चुनावमा फेरबदल गर्न सक्ने सामथ्र्य राख्छ भन्ने निष्कर्ष निकालिएको छ । उम्मेदवार र राजनीतिक दलले स्थानीय चुनाव नैतिकता र सामाजिक मूल्यमान्यताका आधारमा जित्ने प्रयास गरेको देखिए पनि पैसाले चुनावमा महìवपूर्ण भूमिका निर्वाह गर्ने दर्शाइएको छ । राजनीतिक आचरणको परवाह नगरी जित्नका लागि जे पनि गर्ने उम्मेदवार नै केही स्थानमा विजयी भएको अनुसन्धानको निष्कर्ष छ । चुनावमा पैसाको चलखेल मात्र होइन, भारतमा धेरै धनाढ्य चुनावमा विजयी भएको तथ्याङ्कले देखाएको छ । अहिलेका ६४ जना क्याबिनेट मन्त्रीमध्ये २३ मन्त्रीको सम्पत्ति १० करोडभन्दा माथि छ र ५४३ लोक सभा सदस्यको सम्पत्ति असी अर्ब देखाइएको छ । यसबाट पनि चुनाव जित्न पैसै चाहिने हो कि भन्ने भान पनि पर्न गएको छ । 

समाधान

चुनावलाई मर्यादित, संयमित र सबैले प्रतिष्पर्धा गर्न सक्ने वातावरण बनाउनु नै लोकतन्त्रको सुन्दरता हो र यसका लागि सरोकारवाला सबैले आ–आफ्नो तरिकाबाट प्रयास गर्न जरुरी छ । विज्ञहरूका अनुसार तीन मुख्य रणनीति अवलम्बन गर्नाले स्थानीय चुनावलाई मर्यादित बनाउन सकिन्छ । पहिलो त असल नेता र राम्रो छवि भएको मानिसहरूलाई प्रोत्साहन गर्ने हो, त्यसका लागि मतदाता इमानदार हुनुका साथै कानुनप्रति प्रतिबद्ध हुन जरुरी छ । असल नेताको सबै गुण चुनावको भाषणबाट थाहा पाउन सकिँदैन न त उनीहरूको गुणवत्ता क्षमता र नेता बन्न सक्ने खुबी पैसाको आधारबाट मापन गर्न सकिन्छ । नेता बन्नका लागि सुशासन दिन सक्ने क्षमता चाहिन्छ । पैसाको खोलो बगाएर चुनाव जित्नेले सुशासन दिनै सक्दैन । 

सुशासन अभूतपूर्व प्रभावको उदाहरण लन्डनबाट प्राप्त गर्न सकिन्छ । संयुक्त अधिराज्यका अहिलेका प्रधानमन्त्री बोरिस जोन्सन त्यतिखेर लन्डनका मेयर हुनुहुन्थ्यो । लन्डनमा त्यतिखेर इन्टरनेटको गति अन्य सहरको तुलनामा कम थियो । जसले गर्दा लन्डनका बासिन्दाहरूले लन्डनको विकास निर्माणका प्रक्रियालगायत महानगरको सार्वजनिक लेखा परीक्षणमा सक्रिय सहभागी हुन पाएनन् । यसका साथै उनीहरूले आकस्मिक सेवा सूचनाका बारेमा जानकारी प्राप्त गर्न पनि समय लाग्थ्यो । लन्डनलाई डिजिटल बनाएर सुधार गर्नुका साथै तुलनात्मक लाभका अर्थपूर्ण रोजगारी दिने उपायहरू उहाँले ल्याउनुभयो । 

लन्डनको पूर्वी क्षेत्रमा ३०० वटा आईटी उद्योग सञ्चालन गर्नुभयो र लाखौँ मानिसलाई रोजगारी दिन सफल हुनुभयो । यसका साथै लन्डन सुरक्षित गर्ने अनेका योजना ल्याउनु भयो । साना कुराको समाधानले लन्डन विगत १० वर्षदेखि विश्वका प्रमुख गन्तव्यमध्ये एक भएको छ भने उहाँ मेयरबाट सांसद, परराष्ट्रमन्त्री र अहिले प्रधानमन्त्री हुनुभएको छ । सुशासन दिन सक्ने नेता पहिचान गर्नु नै अहिलेका चुनावको विशेषता हुन सक्छ ।  

नेताहरूको साथसाथै स्थानीय चुनावमा राजनीतिक नैतिकता सुधार गर्न मतदाताको इमानदारी पनि महìवपूर्ण छ । इमानदार मतदाता नै चुनावमा पैसाको प्रभाव कम गर्न सक्षम हुन्छन् । यदि चुनावमा पैसा अस्वीकार भयो या अवाञ्छित गतिविधि गर्ने पराजित भए भने यसले चुुनावका उम्मेदवारलाई मार्गदर्शन गर्छ र इमानदार नेताहरूले मौका पाउँछन् । दुरुपयोग भएन र पैसा खर्च गरेर तुरुन्तै नेता बन्न नसकिने भएपछि राजनीतिमा अनुभव नभई नेता बन्ने प्रयास कसैले पनि गर्न सक्दैन । जब धन साधनका रूपमा चुनावमा प्रयोग हुँदैन, तब सुधारको प्रक्रिया अघि बढ्छ । राजनीतिक नैतिकता लागू गर्ने या पालना गर्न लगाउने अर्को महìवपूर्ण विधि भनेको नियम कानुनको परिधिभित्र रही मात्र काम गर्न पाउने व्यवस्था हो । यसका लागि नियम कानुनको पालना सबै पक्षबाट हुन जरुरी छ । कानुन प्रवद्र्धन गर्नु भनेको नै लोकतन्त्रको उत्कृष्ट प्रक्रियाको अभ्यास गर्नु हो, जसका लागि नियमनकारी निकाय प्रभावकारी हुनुपर्छ । नियमनकारी निकाय प्रभावकारी भएपछि स्थानीय चुनाव ज्यादै मर्यादित र संयमित हुन जान्छ ।





Author

प्रदिप्नराज पन्त