• १६ भदौ २०८१, आइतबार

निजी स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य कैदीबन्दी

blog

जिल्ला कारागार । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, भदौ ५ गते ।
सरकारले हरेक कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । पुतलीबजार –१ मा रहेको एकमात्र जिल्ला कारागारमा पनि पाचौँ तहको स्वास्थ्यकर्मीको दरबन्दी सरकारले लागू गरेको छ ।

अहेब मनोज कुमार यादब २०७९ असार २४ गते सरुवा गरेर रौतहत कारागार गएसँगै यहाँ स्वास्थ्यकर्मीको अभाव झेलेको जेलर दिनेश शर्मा मरासिनीले बताउनुभयो ।

दरबन्दी कायम पश्चात यस कारागारमा केबल दुई वर्ष मात्र स्वास्थ्यकर्मीले सेवा दिएको शर्माले जानाकारी दिनुभयो ।

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदाँ यहाँका कैदी बन्दीले भने निजी मेडिकलमा निर्भर पर्नु परेको छ ।

अहेब सरुवा भएसँगै दुई पटक लोकसेवामा माग गरेपनि स्वास्थ्यकर्मी नपठाइएकाले कहिले निजी स्वास्थ्यकर्मी ल्याएर र कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नुपरेको शर्माले बताउनुभयो ।

कैदीबन्दीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो रहेको छ ।

कारागारमा स्वास्थ्यकर्मी नहुदाँ मेडिकलबाट कहिले स्वास्थ्यकर्मी आउँछ बाटो हेरेर कैदीबन्दीलाई बस्नु परेको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी
विसं. २०३७ सालमा स्थापना जिल्ला कारागारमा ५० पुरुष र १५ महिला क्षमताको हो । तर कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी रहेका छन् । यहाँ १३९ परुष र पाचँ महिला कैदी बन्दी रहेको जेलर शर्माले बताउनुभयो ।

करागारमा सबैभन्दा धेरै जरबजस्ती कराणीका ३४ जना, २७ जना कर्तब्य ज्यान, २४ लागूऔषध, हाड नाता करणी १३ जनासहित २७ मुद्दाका कैदी बन्दीसहित १४४ जना रहेका छन् ।