• ११ पुस २०८१, बिहिबार

ओटिटीमा ‘नाङ्गो गाउँ’ र ‘दान्भी’

blog

काठमाडौँ, भदौ ५ गते । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’ र पूजा शर्मा अभिनीत एक्सन चलचित्र ‘दान्भी’ सोमबारदेखि नेपाली ओटिटी प्लाटफर्म ‘कान्तिपुर सिनेमाज’ मा प्रदर्शन भएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा दुवै चलचित्रलाई ओटिटीमा प्रदर्शन गरिएको हो । 

चलचित्रमा गाउँमा हुने चुनावको प्रवृत्तिलाई चित्रण गरिएको कथा समावेश छ । लामाको पटकथा लेखनसमेत रहेको चलचित्रमा दयाहाङ राई  मिरुना मगर, शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारीको अभिनय रहेको  छ ।

मायाप्रेम र एक्सन दृश्यले भरिएको चलचित्र ‘दान्भी’ मा नायिका पूजा शर्माको एक्सन अवतारलाई देख्न सकिन्छ । रूपेश तामाङको निर्देशन रहेको चलचित्रमा पूजासँगै कुन्साङ बम्जन र रूपेश तामाङ मुख्य भूमिकामा छन् । देव मगर र अनिल गदाल निर्माता रहेको चलचित्रको कथा प्रवीण थापामगरले लेख्नुभएको हो ।