• ७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति पौडेलसमक्ष अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुहुँदै । तस्बिर राष्ट्रपति कार्यालय

काठमाडौं, साउन २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुभएको छ ।  

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले सोमबार राष्ट्रपति भवनमा सो भेट भएको जानकारी दिनुभयो । 

सो अवसरमा नेपाल र अष्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सहायक प्रवक्ता पन्थीले बताउनुभयो । 

सोही अवसरमा राष्ट्रपति पौडेलले राजदूत वोकलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।