विष्णुप्रसाद पोखरेल
दमक, साउन २८ गते । झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा न.१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।
शनिबार साँझा खोलामा खेल्ने क्रममा लडेर बालक डुब्दा गम्भीर घाइते बनेको र स्थानीयको पहलमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्पताल पु र्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।