• १२ असोज २०८१, शनिबार

सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रबार पोखरास्थित नेपाल टेलिकम कार्यालयमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर हरिप्रसाद बाँस्तोला : रासस

गण्डकी, साउन २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ । “राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उहाँले भन्नुभयो । मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकारको वृत्ति विकासमा पनि आफ्नो जोड रहने उल्लेख गर्नुभयो । 

“राससको प्रभावकारिता वृद्धिमा तपाईहरुको ठाउँबाट इमान्दारीका साथ लाग्नुहोस्, मेरोतर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भन्नुभयो । निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो । मन्त्री गुरुङसमक्ष उहाँले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । उहाँलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए । रासस