• १२ असोज २०८१, शनिबार

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम: आठ सय अठचालिस विद्यालयमा विस्तार

blog

राममणि दाहाल 

हेटौँडा, साउन २५ गते  । बागमती प्रदेश सरकारको स्वास्थ्य र शिक्षा क्षेत्रको महìवपूर्ण कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालय तहदेखि नै स्वास्थ्यमा सुधारसँगै विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न सहयोग पुग्न थालेपछि प्रदेश सरकारले सामुदायिक विद्यालयलक्षित यो कार्यक्रमको विस्तार गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २० वटा विद्यालयबाट सुरु गरिएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम छैटौँ वर्ष अर्थात् चालु आव २०८१/८२ मा ८४८ वटा सामुदायिक विद्यालयमा विस्तार गरिएको छ । चालु आवमा १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा लागु हुने गरी कार्यक्रम विस्तार गरिएको हो । विद्यालय तहका बालबालिकालाई सन्तुलित र पोषणयुक्त खानाका साथै स्वास्थ्य सजगता अपनाउन उत्पे्ररित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्धन गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गरिएको छ । 

कार्यक्रम अन्तर्गत सहरी तथा ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्ति गर्ने गरिएको छ । प्रदेश सरकारले किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्न भन्दै प्रदेश सरकारले आव २०७५/७६ मा कार्यविधि बनाएर कार्यक्रमको सुरुवात गरेको थियो । सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यव्रmम सञ्चालनसँगै शैक्षिक प्रभावकारिता बढ्दै गएको जनाएका छन् ।

विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाइ उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको विद्यालयको भनाइ छ । गत आवमा प्रदेशका १३ जिल्लाका गत आवमा ५१९ विद्यालयमा सञ्चालन भएको यो कार्यक्रम चालु आवमा ३२९ विद्यालयमा थप गरी ८४८ विद्यालयमा विस्तार गरिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता सतीश विष्टले चालु आवमा ३२९ जना विद्यालय नर्स थप गरेको जानकारी दिनुभयो ।

‘एक विद्यालय, एक नर्स’ कार्यव्रmम अन्तर्गत आव २०७६/७७ मा १२१ विद्यालयमा नर्स नियुक्ति गरी निरन्तरता दिइएको थियो । आव २०७७/७८ मा ३५९ र आव २०७८/७९ मा ४५९ वटा सामुदायिक विद्यालयमा विस्तार गरिएको थियो । 

चालु आवमा ४९ करोड बजेट

चालु आवमा निरन्तरता पाएको यस कार्यक्रमलाई प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा क्रमशः समुदायस्तरमा विस्तार गरिँदै लैजाने नीति लिएको छ । प्रदेश सरकारले चालु आवमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई ४९ करोड रुपियाँ विनियोजन गरेको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता विष्ट प्रदेश सरकारको महìवपूर्ण कार्यव्रmम भएको भन्दै विद्यालय तहबाट नै विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताउनुहुन्छ । विद्यालय तहबाटै बालबालिकामा स्वस्थ जीवनशैलीको विकास गर्ने, यौन तथा प्रजनन स्वास्थ्यको सुधार गर्ने र सम्पूर्ण स्वास्थ्य क्षेत्रको सुधार गर्ने उद्देश्य कार्यक्रमको रहेको छ, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइमा पनि सहयोग पु-याउने लक्ष्य राखिएको छ ।” यसैबिच चालु आवमा चितवन, मकवानपुर र सिन्धुलीका विद्यालयमा नियुक्ति पाउने नवनियुक्त विद्यालय नर्सका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा पहिलो चरणमा हेटौँडामा अभिमुखीकरण कार्यव्रmम गरिएको  छ । बाँकी १० जिल्लाका विद्यालय नर्सका लागि यही साउन २६ गतेसम्ममा काठमाडौँमा अभिमुखीकरण गर्ने कार्यक्रम छ । 

प्रवक्ता विष्टले कुल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एक तिहाइभन्दा बढी बालबालिका विद्यालयमा रहने भएकाले स्वास्थ्य क्षेत्रमा यो कार्यक्रम महìवपूर्ण रहेको बताउनुभयो । उता प्रदेशका ८२ सामुदायिक विद्यालयमा अझै विद्यालय नर्सको पहुँच पुग्न सकेको छैन । काभ्रेपलाञ्चोकको १३, धादिङको ११, दोलखाको १२, नुवाकोटको १२, मकवानपुरको तीन, रसुवाको एक, रामेछापको आठ, ललितपुरको एक, सिन्धुपाल्चोकको १६ र सिन्धुलीका पाँच वटा सामुदायिक विद्यालयमा अझै ‘एक विद्यालय, एक नर्स’ कार्यव्रmम लागु भए पनि विद्यालय नर्स नियुक्ति हुन नसक्दा रिक्त हुन पुगेको हो । निर्देशनालयका प्रवक्ता विष्टले दुर्गम क्षेत्रका विद्यालयमा नर्स जान नमान्ने भएकाले विद्यालय नर्स रिक्त रहेको बताउनुभयो ।  विद्यालय नर्स कार्यक्रम सबैभन्दा बढी काठमाडौँ जिल्लामा १०८ वटा विद्यालयमा तथा काभ्रेपलाञ्चोकमा ९०, चितवनमा ७६, सिन्धुलीमा ८० र मकवानपुरमा ६२ वटा सामुदायिक विद्यालयमा  लागु भएको छ ।