• १६ भदौ २०८१, आइतबार

सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

blog

काठमाडौँ, साउन २१ गते । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल टी–२० लिगमा पहिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलम भ्यानकुभरले मोन्टेरियल टाइर्गस क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । मोन्टेरियलले दिएको एक सय १० रनको विजय लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । 

भ्यानकुभरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९ रन बनाउनुभयो । कप्तान उस्मान ख्वाजाले ३१ र रिचि बेरिङ्टनले १७ रन बनाउनुभयो । बलिङमा मोन्टेरियलका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । भ्यानकुभरको जितमा सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । भ्यानकुभरले ६ टोली सहभागी प्रतियोगितामा तीन अङ्क जोड्दै तालिकाको अन्तिममा रहेर लिग सकेको छ ।