• १२ असोज २०८१, शनिबार

ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते

blog

बरहथवा (सर्लाही), साउन २० गते । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँच जना घाइते भएका छन् । मलङ्गवा नगरपालिका-१२ स्थित नहरमा आज ज २ त  ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका-५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी  ११ वर्षकी छोरी अंशुकुमारी छन् । 

तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका-८, औरहीका ३० वर्षीय राम बालक राय फरार छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । रासस