लीलाधर वली
घोराही, साउन १९ गते । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँ निवासी ५० वर्षीय बालाराम वलीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
बारीमा मोटरबाट पानी सिँचाइ गर्नका लागि मोटरको स्विच अन गर्ने क्रममा तार सर्ट भई शनिबार दिउँसो १ः२० बजेतिर वलीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका वलीको १ः३५ बजे तिरको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभएको छ ।