• १२ असोज २०८१, शनिबार

हावाहुरी र वर्षाले बालीमा क्षति

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, साउन १८ गते । हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो ।

हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साविक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पु-याएको छ । वर्षा र हावाहुरीले मकैबाली, तरकारी बाली, नगदेबाली अलैँचीलगायतमा क्षति पु-याएको वडाध्यक्ष गुरुङले बताउनुभयो । हावाहुरीले घोगा लाग्ने बेला मकैबाली ढालेर सोत्तर बनाएको स्थानीय किसानले बताएका छन् । त्यस्तै बन्दाकोपीलगायत तरकारी बालीमा  पनि क्षति पुगेको छ ।  फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँची बालीमा पनि क्षति पुुगेको किसानले बताएका छन् । 

वडाध्यक्ष गुरुङले खेती बालीसँगै भलबाढीले सडकमा समेत क्षति गरेपछि बुधबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको बताउनुभयो ।