• १८ असार २०८१, मङ्गलबार

धरानमा गठबन्धन र एमालेको प्रतिस्पर्धा

blog

निशा राई
धरान, वैशाख २१ गते। धरान उपमहानगरपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले प्रचार प्रसारलाई तीव्र बनाएका छन्।

अहिले धरानका विभिन्न वडामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित वडाअध्यक्षको उम्मेदवार र सदस्य घरदैलोमा व्यस्त छन्। धरानमा एक लाख ३२४ जना मतदाता छन्। तीमध्ये ५२ हजार ९१६ जना महिला छन् भने ४७ हजार ४०८ जना पुरुष मतदाता छन्।

नगर प्रमुख पदका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी -एमाले_सहित २० जना उम्मेद्वार बीच प्रतिस्पर्धा हुँदैछ। सबै दलका उम्मेदवार अहिले नगरवासीको घरदैलोमा पुगेर आफ्ना पक्षमा मतदान गर्न अनुरोध गरिरहनुभएको छ।

अहिले पनि धरानको मुख्य समस्या खानेपानी हो। निर्वाचनका बेला धेरैले खानेपानीको समस्या समाधान गर्छु भने पनि बर्सौँ बितिसक्दा पनि समस्या समाधान हुन भने सकेको छैन। यस पटकको निर्वाचनमा पनि सबै उम्मेदवारले मुख्य रुपमा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ चार दलीय वाम लोकतान्त्रिक गठबन्धनबाट धरान उपमहानगरपालिको प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राई र उपप्रमुख पदमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र बेघा उम्मेदवार हुनुभएको छ। यसैगरी, नेकपा एमालेबाट धरान उपमहानगरपालिको प्रमुख पदमा मन्जु भण्डारी र उपप्रमुख पदमा पदम इस्वो उम्मेदवार हुनुहुन्छ।

स्थानीय तहको चुनावमा गठबन्धनबाट धरान उपमहानगरपालिकाको प्रमुख  पदमा नेपाली कांग्रेसको किशोर राईलाई उठाएको छ। राई फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सक्रिय रहँदा रहँदै २०४७ सालदेखि राजनीतिक जीवन सुरु गर्नुभएको हो। राईले यस पटक धरानका नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताउनु भएको छ।

उँहा भन्नुहुन्छ, ‘‘ठूला भाषण नगरी जनताको हितमा काम गर्ने बताउँदै पानीको व्यवस्थापनमा अहिले केही सुधार भएको र अझै थप सुधार तथा नयाँ स्रोतको व्यवस्थापनमा ढिला नगरी काम गर्ने हो। धरानको खानेपानी आयोजनाको पूर्वघोषित क्षमतामा खानेपानी व्यवस्थापन गर्छु।”

यसैगरी गठबन्धनबाट उपप्रमुखका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानको राजनीतिमा क्रियाशील, धरानको विकासका मुद्दामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा चिनिनुहुन्छ।

संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीवनसमेत बिताएका नेता पार्टीमा सक्रिय हुनुहुन्छ। उहाँले धरानमा सुकुम्बासी समस्याको मुद्दा र खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

नेकपा -एमाले_ ले स्थानीय तहको चुनावमा धरान उपप्रमुख पदमा मन्जु भण्डारीलाई उम्मेदवार बनाएको छ। मन्जु भण्डारी २०७४ को निर्वाचनमा स्वर्गीय तारा सुब्बासँगै उपप्रमुख पदमा विजयी हुनुभएको हो। भण्डारीले प्रमुख सुब्बाको निधनपछि कार्यवाहक प्रमुख र पाँच वर्ष उपप्रमुख कार्यभार सम्हाल्नु भएको छ।  

एमालेले धरान उपमहानगरपालिकामा पर्यटक क्षेत्रमा केवलकार निर्माण, विष्णुपादुका मन्दिर क्षेत्रमा पर्यटकीय पूर्वाधार, धरान खेलग्राम, धरान औद्योगिक ग्राम, किराँतकालीन विजयपुर दरबार  पुनर्निर्माण, स्मार्ट बसपार्क निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

धरानको समृद्धि र विकासका लागि नगरको स्रोतमा मात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुँच पुर्‍याउन र समन्वय गर्न सक्ने हैसियत बनाउन धरानका मतदाताले खोजिरहेका कारण एमालेले जित्ने दाबी गर्नुभयो।

यसैगरी, एमालेका उपप्रमुख पदका उम्मेदवार पदम लिम्बू इस्वोेले धरानको विकास, सुखी धरान र समृद्ध धरान बनाउने अठोट व्यक्त गर्नुभएको छ। उहाँले धरानको दिगो विकास युवाको आमूल परिर्वतन खानेपानी समस्याको समाधान, धरानलाई दुव्र्यसनमुतm बनाउनेलगायतका कार्ययोजना उहाँका छन्।