• १८ असार २०८१, मङ्गलबार

रोशी दुर्घटनाकाे अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

blog

काठमाडौं, वैशाख २१ गते। गृहमन्त्री बालकृष्ण खाणले  काभ्रे दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। बुधबार दिउँसो काभ्रेको रोशी गाउँपालिका-११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको भएको थियो। 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धानका लागि छानबिन समिति बनाउन निर्देशन दिनुभएको हो। 

गृहमन्त्रीको निर्देशन लगत्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाउनुभएको छ। 

समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। गृहमन्त्री खाणले घटनाका घाइतेलाई तत्काल उचित उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो।

बुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको ५८३८१८१ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो ठक्कर खाँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ।