• १३ साउन २०८१, आइतबार

पेरिस ओलम्पिक : सुस्मिता र डुवाना छनोट चरणबाटै बाहिर

blog

डुवाना लामा । फाइल तस्बिर

काठमाडौँ, साउन १३ गते । नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिनु भएको छ । 

आइतबार महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुभएकी सुस्मिताले ६०७।८ अङ्क बनाउनुभयो । ४३ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहनुभयो । छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् ।

यस्तै पौडीको दुई सय मिटर फ्रिस्टायलमा डुवाना लामा हिट चरणबाटै बाहिरिनु भएको हो । डुवानाले दुई मिनेट २०.४७ सेकेन्डमा दूरी पार गर्नुभयो । उहाँ आफ्नो हिटमा सातौँ हुनुभएको थियो । यससँगै पेरिस ओलम्पिकमा तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा सकिएको छ । यसअघि टेबलटेनिसका श्यान्टु  श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिनु भएको थियो ।