• १६ भदौ २०८१, आइतबार

पाल्पामा महिला मतदाता बढी

blog

तानसेन समाचारदाता

तानसेन, वैशाख २१ गते । स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ । निर्वाचन कार्यालय पाल्पाका अनुसार पुरुष मतदाताभन्दा छ हजार ३३० महिला मतदाता बढी छन् । महिला मतदाता धेरै रहेको पाल्पामा एक लाख तीन हजार १० जना महिला मतदाता रहेका छन् । त्यस्तै ९६ हजार ६८० पुरुष मतदाता छन् ।

जिल्लाको १० पालिकामध्ये तिनाहुँ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढी रहेको छ । तिनाहु गाउँपालिकामा पुरुष सात हजार २४५ मतदाता छन् । महिला सात हजार १४१ मतदाता छन् । अन्य पालिकामा महिला मतदाता बढी छन् । पाल्पाको तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भा गाउँपालिकामा ६८७, पूर्वखोला गाउँपालिकामा ६४०, माथागढी गाउँपालिकामा ३८७, रिब्दीकोट गाउँपालिकामा ३७३, रैनादेवी छहरा गाउँपालिकामा १६७, तिनाहुँ गाउँपालिकामा १०४ र निस्दी गाउँपालिकामा ९३ महिला मतदाता बढी रहेका छन् ।