• १२ साउन २०८१, शनिबार

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

blog

मस्को, साउन ७ गते । रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।

हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो ।

क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन् ।

“किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन् ।

प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भएको छैन ।

पछिल्लो समय रूसले दैनिकजसो युक्रेनी ड्रोनहरू रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेब्रुअरी २०२२  मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिक लक्षित रूसी आक्रमणको जवाफ भएको बताएको छ । रासस/एएफपी