“म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा म अराजकतावादी हुँ ।”
–विश्वेश्वरप्रसाद कोइराला
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला सर्जकका रूपमा मात्र नभई, कलापारखीका रूपमा पनि उत्तिकै अध्ययनीय विषय हुन् । आफ्नो साहित्यिक जीवनमा एकसेएक सिर्जनात्मक पुस्तक लेखेर उनले जसरी आधुनिक नेपाली साहित्यलाई विशिष्ट उचाइमा पु-याउन अतुलनीय योगदान पु-याएका हुन्, त्यसरी नै साहित्यको मर्म र स्रष्टाको धर्मबारे अनेक गहन धारणा अगाडि सारेर उनले लेखक–साहित्यकारलाई जिम्मेवार लेखनप्रति उद्योत बन्न आफ्नो समयमा मनग्गे उत्प्रेरित गरेका हुन् । विभिन्न देशी तथा विदेशी लेखक–स्रष्टाबारे समेत आफ्ना तीक्ष्ण दृष्टि पस्कन नछुटाएका स्रष्टा कोइरालाले साहित्य के हो ? यसको शक्ति के हो ? यसको प्रभाव के हो ? अन्य क्षेत्रभन्दा यो क्षेत्र किन विशिष्ट हो ? लगायतका सवालका साथसाथै सच्चा स्रष्टा को हो, उसको तात्त्वि अभिलक्षण के हो, सिर्जनामा पोखिन उसलाई केले उद्वेलित गर्छ, उसको सिर्जनाको परख कसरी हुन्छ, उसको लेखनको दायित्व के हो, त्यसको निर्धारण कसले गर्छ लगायतका महìवपूर्ण सवालहरूमा आफ्ना गहन अभिमत अभिव्यक्त गरेका छन् । यद्यपि (राजनीतिक जीवनको व्यस्तताका कारणले पनि हुन सक्छ) उनले यी विषयबारेका आफ्ना आलोचनात्मक दृष्टिलाई समेटेर कुनै त्यस्तो ठोस ग्रन्थ निकालेनन्, न त फुटकर रूपमै पनि उनले उल्लेख्य गन्तीमा यस विषयका लेख लेखेका हुन्, तर पनि अध्येताहरूलाई उनको कलामान्यता बुझ्न सामग्रीको अभाव हुन्न भन्ने लाग्छ मलाई ।
उनका विषयमा अन्य विद्वान्द्वारा सम्पादित पुस्तक, तिनमा समेटिएका उनका साहित्यिक अन्तर्वार्ताहरू, साहित्यिक भाषण, विभिन्न समयमा विभिन्न व्यक्तिलाई लेखेको कलात्मक चिठीपत्र, फुटकर लेख–निबन्धका साथसाथै ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’, ‘आत्मवृत्तान्त’ लगायतका पुस्तकमा समेत कतै प्रस्ट रूपमा त कतै सङ्केतमा मात्र भए पनि साहित्य र स्रष्टाविषयक उपर्युक्त सवालमा उनका महìवपूर्ण धारण तथा विचारहरू अभिव्यक्तिएको पाइन्छ । ती सबै धारणा तथा विचारहरूलाई एकत्रित गरी तिनको सूक्ष्म अध्ययन–विश्लेषण गर्ने हो भने कोइरालाको कलादर्शनको सार ठम्याउन कत्ति पनि हम्मे पर्दैन हामीलाई । लेखक स्वतन्त्रताप्रतिको उच्च सरोकार एवं सम्मानभाव कोइरालाको कलापारखी व्यक्तित्वको सर्वाधिक महìवपूर्ण विशेषता हो । उनको अराजकतावादी कलाचिन्तन त्यही विशेषताको वाणी हो । उनकोे कलामान्यताको मूल ढुकढुकी अर्थात् अराजकतावादी कलादर्शनको मर्म मन्थन गर्नु नै यस लेखको मुख्य अभीष्ट रहेको छ ।
कोइरालाको अराजकतावादी कलादर्शनको मर्मः
कोइरालाले आफ्नो सार्वजनिक जीवनको साहित्यिक आयामलाई स्वयं नै ‘अराजकतावादी’ भनेर चिनाएका छन् । स्पष्ट शब्दमा उनले भनेका छन्– “राजनीतिमा म समाजवादी हु“ भने साहित्यमा म अराजकतावादी हु“ ।” आखिर किन उनले आफ्नो सार्वजनिक जीवनको साहित्यिक आयामलाई स्वयं नै ‘अराजकतावादी’ भनेर चिनाएका होलान् त ? कुरा यही प्रश्नबाट उधिन्न सुरु गर्नु मनासिक हुन्छ होला भन्ठान्छु । किनकि लेखन स्वतन्त्रताका हिमायती कोइरालाको सम्पूर्ण कलामान्यताको सार बोकेको सूत्र हो यो वाणी । यही एउटा वाणीको मात्र पनि यदि तटस्थ व्याख्या गर्ने हो भने कोइरालाको कला मान्यताको चुरो बुझ्न छेलोखेलो हुन्छ हामीलाई ।
यद्यपि ‘अराजकतावादी’ शब्द झट्ट सुन्दा जो कसैलाई पनि उति प्रियकर नलाग्न सक्छ । किनकि यसको अभिधा अर्थले सकारात्मकताको ध्वनि दि“दैन । तर स्रष्टा कोइरालाले आफ्नो अभिव्यक्तिमा जुन आशय अभिव्यञ्जित गर्न यो शब्दको प्रयोग गरेका हुन्, त्यसमा भने यो शब्दको अर्थ निकै सुन्दर र प्रियकर ध्वनि बनेको छ । किनकि त्यहा“ उनले यो शब्द लेखक स्वतन्त्रताको पक्षपोषणका लागि प्रयोग गरेका छन् ।
लेखकका नाममा खालि शब्दहरू मात्र खेलाउने अथवा बनिबनाउ अनेक नारा र पर्चाको पुस्ट्याइँ“मै मात्र रमाउनेहरू यथार्थमा लेखक नै होइनन् कोइरालाको दृष्टिमा । लेखकका नाममा ती फगत ढा“ट हुन् । आवरणमा लेखक जस्ता देखिन खोजे पनि तर गु“दीमा बासी विचारका उपासक (मात्र) हुन् ती । तर सच्चा लेखकहरू भने जहिले पनि र जहा“ पनि स्वतन्त्र चिन्तनका आविष्कारक हुन्छन् । स्वतन्त्र चिन्तनको स्वभाव नै सच्चा लेखकको पहिलो र अन्तिम महìवपूर्ण अभिलक्षण हो । कोइराला ठान्छन्, लेखकलाई त्यो स्वभाव ऊभन्दा बाहिर कसै अरूको निगाहबाट प्राप्त हुने तìव होइन, ऊ आफैँभित्र उद्भाषित हुने कलाको शक्ति हो यो । उनको अराजकातावादी कलाचिन्तन भन्छ –लेखक स्वयं सर्वोच्च सत्ता हो । आफ्नो सर्वोच्चताको उद्घोषक ऊ स्वयं हो । ऊ आफैँ नै आफ्नोे व्यवस्थापक हो, कार्यान्वयक पनि हो र कानुन पनि ऊ आफैँ हो आफ्नो । आफूभन्दा बाहिरको कुनै सत्ता वा शासकको शासन–अनुशासनको बन्धन उसलाई कदापि मञ्जुर हु“दैन । अरू कसैको दबाब वा निर्देशनमा सञ्चालित हुन उसलाई उसको ब्रह्मले दि“दैन । उसको ब्रह्म नै उसको सञ्चालक हो, अनुशासक ऊ आफैँ हो आफ्नो ।
नवीनताको साहारामा सार्वभौम संवेदनशीलतालाई ग्रहण गर्दै मान्छेका विभिन्न पक्षलाई उद्भाषित गर्नुपर्ने कला–साहित्यको उद्देश्य जो हो, त्यसलाई आफ्नो लेखनीमा सिद्ध गर्नुपर्ने हुनाले लेखक कलाकारहरूलाई स्वतन्त्र चिन्तनको अधिकार स्वतः रहन्छ भन्ने कोइरालाकोे तर्क हो । उनले भनेका छन्– “प्रत्येक कलाकार स्वतन्त्र छ, आआफ्नो कलात्मक मूल्यको स्थापना गर्न । आफ्नो क्षेत्रमा उसलाई अराजकवादी बन्ने, स्वेच्छाचारी हुने बिलकुल छुट छ” । हुन पनि हो, बा“धिएको व्यक्तिले कुनै पनि विषयमा नया“ दृष्टि दिन सक्तैन, नया“ विचारको आविष्कारक बन्न त्यस्तो व्यक्ति कदापि सक्षम बन्दैन । वास्तवमा लेखक कलाकारहरू आधारभूत तहमै अराजक स्वभावका मानिस हुन् । अराजक स्वभावको हुनु भनेको लेखक हुनुको तिनको प्राकृत गुण हो । त्यो गुणले तिनलाई ज्ञानको क्षेत्रमा सम्भावनाका नया“ नया“ क्षितिजहरू पहिल्याउन उत्प्रेरणा मिल्छ र ज्ञानका नया“ नया“ पाटा दर्शन गर्न अवसर प्राप्त हुन्छ । अझ महìवपूर्ण कुरा त के भने त्यो अवसरको दिव्यता तिनीहरू आफू मात्र अनुभूत गर्दैनन्, आफ्ना लेखन र अभिव्यक्तिका माध्यमबाट त्यसको उज्यालो जगतभरि छर्न उद्योत हुन्छन्, अग्रसरता देखाउ“छन् । यही कारणले गर्दा लेखक कलाकारहरूलाई अराजक हुन पूरापूर हक पुग्छ ।
“लेखकलाई अराजक बन्न, स्वेच्छाचारी हुन छुट छ” भन्ने कोइरालाको तर्क किन पनि मान्य लाग्छ भने त्यसले लेखकको स्वतन्त्रताको मात्र वकालत गरेको छैन, सँगसँगै उसमा जिम्मेवार लेखनप्रतिको स्वतःस्फूर्त सजगताको पनि अपेक्षा गरेको छ । कोइरालाले स्पष्ट शब्दमा भनेका छन्– “साहित्यकार उच्छृङ्खल हुनलाई स्वतन्त्र छ त्यस हालतमा, जब ऊ आफ्नो नया“ अनुभूति, उसको अन्तर्चेतनाका नया“ नया“ प्राप्ति, उसको भावनालाई उसको खोजलाई पाठकले ग्रहण गर्न योग्य बनाएर ऊ सामु राख्न सकोस् ।” उनको मान्यता हो, सम्प्रेष्यता कलाको मूल्य हो । सबैलाई सम्प्रेष्य हुने गरी आफ्नो अन्तष्करणले ठम्याएको सत्यलाई कलात्मक अभिव्यक्ति दिनु लेखकको स्वतःस्फूर्त जिम्मेवारी हो । सच्चा साहित्यिकार सम्प्रेष्यताको कसीमा आफूलाई खरो उतार्न बल गरेर आफ्नो जिम्मेवारीप्रति सधैँ न्यायी बन्दछ । कलाको मूल्य प्राप्तिका लागि पाठकसित सान्निध्यता राख्न चुक्न हुन्न भन्ने तथ्यप्रति ऊ बेखबर हु“दैन । उसले कदापि बेखबर हुनु हु“दैन भन्ने कोइरालाकोे आशय हो । “व्यक्तिगत अन्तरचेतनालाई सामूहिक चेतनामा उतार्ने काम सिपको हो” भन्ने कोइरालाले “साहित्यकारको बिलकुलै व्यक्तिवादी उच्छृङ्खलता शिल्पको यस आवश्यकताबाट संयमित हुनु पर्छ” भन्ने मान्यता स्पष्टसित दर्साएका छन् ।
लेखक–कलाकारबारे कोइरालाको दृष्टि अत्यन्त उच्च रहेको पाइन्छ । तिनलाई उनले समाजका अन्य क्षेत्रका मानिसहरूभन्दा उपल्ला कोटिका मानिस ठहराएका छन् । स्रष्टाहरूलाई “रचनात्मक शक्तिशाली व्यक्ति” को नाम दिएका छन् उनले । उनी भन्छन्, “साहित्यकारको क्षमता हरेक पक्षमा सामान्य मानव समाजको भन्दा धेरै धेरै बढी हुन्छ ।” उनको विचारमा स्रष्टा स्वयंमा त्यो रचनात्मक साहस हो जो सधैँ नया“ नया“ सत्यहरूको खोजीमा हराइरहन्छ, जीवनको अन्वेषणमा निरन्तर रमाइरहन्छ । नया“ बाटोमा हि“ड्न लेखकभित्र यति गहिरो भोक हुन्छ कि, त्यो भोकको तृप्तिका लागि आफ्नै जीवनलाई पनि खतरामा राख्न ऊ पछि पर्दैन ।
साहित्यलाई कोइरालाले समाजको ‘तेस्रो आ“खा’ भनेर चिनाएका छन् । त्यो ‘तेस्रो आ“खा’ लेखकको अन्तःस्करणले ठम्याएको सत्यको प्रकाश हो भन्ने उनको मान्यता हो । साहित्यमा ढा“ट हु“दैन, साहित्यमा छल हु“दैन । “साहित्यमा सम्राट् पनि निर्वस्त्र हुन्छ” भन्ने कोइरालाको भनाइ यही सत्यको कलात्मक वाणी हो । उनलाई लाग्छ, साहित्यको गरिमा र दायित्व अन्य क्षेत्रभन्दा नितान्त फरक हो, विशिष्ट कोटिको हो । यो क्षेत्र निरन्तर विस्तार भइरहने यथार्थ हो । यसलाई सीमाबद्ध गरेर बुझ्नु वा बुझाउन खोज्नु भनेको यसको अर्थलाई सङ्कुचन गर्न खोज्नु हो, त्यसो गर्नु भनेको यसको ताìिवक मर्म बोध गर्न नसक्नु हो ।
कोइरालाले साहित्यको विराटता बुझाउन राजनीतिक क्षेत्रसित यसलाई तुलना गरेका छन् । उनले भनेका छन्– “राजनीति र कला दुई विभिन्न परस्पर विरोधी उद्देश्य लिएर स्थापित जीवनका क्षेत्र हुन् । राजनीतिको उद्देश्य सङ्गठन हो । यसको वृत्ति सामाजिक हो । यो नियममूलक हो । सुरक्षाभावद्वारा प्रेरित यो रूढिगत छ, नया“ नया“ विचारहरूप्रति सङ्कीर्ण । कला भने यसको ठिकविपरीत आदर्श र प्रेरणाले परिचालित विधा हो । यो सङ्गठनात्मक छैन । यसको वृत्ति व्यक्तिगत हुन्छ । यो नियम र मर्यादाबाट मुक्त हुन खोज्छ । यो अराजकतावादी हुन्छ र जोखिममा रह“दै सधैँ नया“ दिशाको खोजीमा रहन्छ ।” भनाइको मतलब, उद्देश्यगत रूपमा राजनीति सङ्कीर्ण क्षेत्र हो, साहित्य विराट राजनीति सीमित धरातल हो, साहित्य अनन्त आकाश, राजनीतिमा नियम कानुनको बन्धन अनिवार्य हुन्छ, साहित्यिमा कुनै बन्धनको बा“ध हुन्न । बस्, लेखकको अन्तर्चेतनाको उन्मुक्त स“वार हुन्छ र ज्ञानको नया“ नया“ ढोका उघारिने सम्भावना सधै“ रहिरहन्छ त्यहा“ ।
साहित्यलाई प्रगतिशील वा अप्रगतिशील भनेर छुट्याएर बुझ्न खोज्नेहरू देख्ता कोइरालालाई उदेक लाग्छ । उनी ठान्छन्, साहित्य भन्नासाथ त्यो स्वभावतः सधैँ प्रगतिशील नै हुन्छ, सधैँ त्यो नवीनताप्रति आमुख हुन्छ । अप्रगति खोज साहित्यको धुन कहिल्यै पनि हुन्न, सच्चा साहित्य सधैँ नै परिवर्तन र उन्नयनकै अभिष्टले सिञ्चित भएको हुन्छ । उनलाई ‘कला कलाको लागि वा कला जीवनका लागि ? भनेर बहस गर्नु पनि निरर्थक कुरा हो भन्ने लाग्छ । त्यस्तो बहसको कुनै प्रयोजन देख्दैनन् उनी । हुन पनि हो, साहित्य भन्नु अनि त्यहा“ जीवन नअटाउनु, कसरी त्यो साहित्य भयो र ? त्यसै गरी साहित्य भन्नु अनि त्यहा“ कलाको सिप नउत्रिनु, कसरी साहित्य ठान्नु र त्यसलाई ? वास्तवमा कला र साहित्य भन्नु एउटा सिक्काको दुई पाटा जस्तै हो, एकअर्कामा सधैँ अभेद्य, सधैँ अविभाजित तìव । कोइराला भन्छन्, साहित्यमा जहिल्यै पनि जीवन र कला स्वतःस्फूर्त रूपमै जोडिएर आएको हुन्छ, जोल्टिएर आएको हुन्छ ।
साहित्यको विराटता, त्यसको शक्ति र प्रभावको विशिष्टता र नया“पनप्रतिको नित्यको अशक्तिबारे कोइरालाले आफ्ना धारणा कसरी बोलेका छन्, सुनौँ :
“साहित्य निरन्तर एक अद्भूत कुरा हो ।”
“साहित्य शाश्वत वस्तु हो, चिरन्तर सत्य हो ।”
“साहित्य जीवन जस्तै व्यापक छ ।”
“विश्वमा जहा“ पनि जति जति वैज्ञानिक आधारमा ज्ञानको विस्तार भइरहेको छ ती सबै साहित्यको आधारशीला हुन् ।”
“आर्थिक क्षेत्रमा, वैज्ञानिक क्षेत्रमा, मनोवैज्ञानिक क्षेत्रमा ठुला ठुला अनुसन्धनात्मक कार्यहरू तेजीका साथ हु“दै छन् । मानव सभ्यता यी यावत् कार्यहरूको सामूहिक सभ्यता हो । साहित्य हो सभ्यताको प्रतीक ।”
“कला सुरक्षा चाह“दैन, स्वतन्त्रता चाहन्छ । उसलाई हि“डिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, आफूले हि“ड्ने बाटो आफैँ बनाउन चाहन्छ ।”
“व्यक्तिका असीमित अनेक आयामलाई अध्ययन गर्ने र नया“ नया“ संवेदना मानिसकाप्रति जगाउन सक्ने कला वास्तविक कला हो । ”
अर्थात् साहित्य सधैँ सम्भावनाको उत्खनन हो । सभ्यतामा नित्य नवीनता भर्दै जाने सम्भावनाको सिद्धि हो साहित्य । यस्तो विराट उद्देश्य बोकेको कर्मको सिर्जना गर्ने कलाकार अर्थात् स्रष्टा प्रचलित मूल्यमान्यताकै सीमामा थन्किएर कहा“ बस्न सक्छ ? बनिबनाउ मूल्यमान्यताका पर्खालहरू भत्काएर उसले आफ्नो सीप र क्षमताको बलमा नया“ नया“ मूल्यमान्यताको प्रतिस्थापन गर्न आ“ट गर्दैन भने के उसबाट वास्तविक कलाको सिर्जना हुन सम्भव होला त ? प्रश्न सा“च्चै नै गम्भीर छ । यथार्थमा कोइरालाको अराजकतावादी साहित्यदर्शन यही प्रश्नको वरिपरि घुमेको छ । यसमा कोइरालाले जताबाट पनि तात्त्विताका साथ लेखक स्वतन्त्रताको अपरिहार्यताको वकालत गरेका छन् र सँगसँगै लेखकमा दायित्वबोधको आवश्यकता पनि सदा अपेक्षित हुन्छ भन्ने तथ्य पनि बोल्न छुटाएका छैनन् ।
समापन :
समग्रमा भन्नु पर्दा लेखक–कलाकारलाई अजिम्मेवारीको छुट होइन, जिम्मेवारी बोधसहितको स्वेच्छाचारिताको हक सधैँ नै रहन्छ भन्ने निचोड बोल्नु कोइरालाको अराजकतावादी कलाचिन्तनको सार हो । यसले सिर्जनशील स्वेच्छाचारिता लेखकको कमजोरी होइन, वास्तविक शक्ति हो भन्ने सत्यको उजागरण गर्नुका साथसाथै समाजका तमाम लेखक–कलाकारलाई स्वतन्त्र अभिव्यक्तिको आफ्नो हकप्रति सजग बन्न त घचघच्याएको छ नै, साथसाथै लेखकीय दायित्वप्रति सचेत रहन समेत उत्प्रेरित गरेको छ । आफ्नो इमानदारितामा लेखकहरू कतै पनि कहिल्यै नचुकून्, सिर्जनामा सधैँ नै निर्भीकताका साथ सत्यको वाणी बनेर झलमलाइरहन सकून् र राष्ट्रको भाषासाहित्यको उन्नयनमा उल्लेखनीय योगदान पु-याउन ती सदा सर्वदा तत्पर भइरहून् भन्ने कोइरालाको कलामान्यताको अन्तर्य आशय हो ।
स्मरणीय कुरा के भने, कोइरालाले आफ्नो जीवनमा यी कुरा केवल सिद्धान्तमा मात्र बोलेका होइनन्, आफ्ना सिर्जनामा पनि दुरुस्त उतारेर देखाइदिएका हुन् । सच्चा लेखकको विशेषता स्पस्ट्याउ“दा लेखकमा जुन जुन विशेषता हुनुपर्ने कुरा उनले उठाएका छन्, आफ्ना सिर्जनाहरूमा उनी त्यसको साक्षात् नमुना बनेर दर्सिन सफल भएका छन् । प्रायः मान्छेहरूको स्वभाव कस्तो हुन्छ भने ती सिद्धान्तमा जे छाँट्छन्, व्यवहारमा आफू दुरुस्त त्यस्तै बनेर देखिन सक्तैनन् ।
अरूलाई पाठ सिकाउन जति सिपालु हुन्छन्, आफू स्वयं त्यो पाठको नमुना बनेर प्रकट हुन क्षमता राख्दैनन् अधिकांश मानिसहरू । तर कोइरालाले जीवनमा आफूले जे भने त्यही काम गरेर देखाइदिए । स्वयंप्रति इमानदार बन्न उनी जीवनमा कतै चुकेनन्, जस्तै प्रतिकूल परिस्थितिमा पनि उनी आफ्नो मान्यताबाट रत्ति डगेनन् । भनाइ र गराइमा दुरुस्तता उनको व्यक्तित्वको हरेक आयामको मुख्य विशेषता रह्यो सधैँ । राजनीतिमा उनले जीवनभर आफ्नो आस्था र निष्ठालाई आचरणमा जसरी दुरुस्त पालना गरे, साहित्यमा पनि उनी सधैँ त्यही छविमा अडिक रहे । साहित्यको मर्मबारे सिद्धान्तमा उनले जे जे कुरा बोलेका हुन्, सिर्जनामा ती सबै मान्यताको उनले दुरुस्त पालना गरेर देखाइदिए । हामी देख्छौँ, “व्यक्तिका असीमित अनेक आयामलाई अध्ययन गर्ने र नया“ नया“ संवेदना मानिसकाप्रति जगाउन सक्ने कला वास्तविक कला हो,” भन्ने कोइरालाले आफ्ना हरेक सिर्जनामा व्यक्ति अस्तित्वको सीमा र सम्भावनालाई विशेष गहिराइका साथ निरीक्षण गर्न चासो देखाएका छन् । मान्छे मन र मस्तिष्कबाट सञ्चालित हुने प्राणी हो भन्ने दृष्टि राख्ने उनले सिर्जनामा यो सत्यको गहिरो उत्खनन गरेका छन् ।
तर दुःखको कुरा, कोइरालाको जीवनकालभरि देशभित्र उनको सिर्जनाको समग्रमा सही विश्लेषण हुन सकेन । ‘साहित्यमा म अराजकतावादी हु“’ भन्ने उनको वाणीको चुरो कुरा बुझ्न चासो देखाउनुभन्दा पनि त्यसकोे अपव्याख्या गर्न नै बढी अग्रसरता देखाइयो । पञ्चायती निरङ्कुशतन्त्रको एकछत्रताको त्यो समयमा जसरी हुन्छ उनको उच्च राजनीतिक छवि धमिल्याउने ध्याउन्ना जो सत्ताधारीहरूको मुख्य लक्ष (जस्तो नै) थियो, त्यसका लागि उनको साहित्यिक मान्यतालाई पनि हतियार बनाउन छाडिएको होइन । उनको नाममा ‘यौनवादी स्रष्टा’ को बिल्ला त अघिबाटै भिराइएकोे थियो, त्यही कुरालाई परिपुष्टि हुने गरी ‘साहित्यमा म अराजकतावादी हु“’ भन्ने उनको वाणीको पनि अर्थ निकालियो, अनावश्यक रूपमा त्यसको नकारात्मक व्याख्या गरियो ।
अचम्मको कुरा त के भने, तत्कालीन समयमा यो (न) काममा निरङ्कुश पञ्चायत पक्षधर बुद्धिजीवीहरू मात्र होइन, आफूहरूलाई क्रान्तिकारी भन्ने वामपन्थी राजनीतिक धारका कतिपय लेखक–विद्धान्हरूसमेत लागिपर्न पछि सरेनन् । तिनले कोइरालाको साहित्यिक अराजकतावादलाई ‘यौनस्वच्छन्दवादको वकालत गरिएकोे, ‘साहित्यमा र सिँगै समाजमै छाडावादी संस्कार हुल्न खोजिएको’ लगायतका अर्थमा अपव्याख्या गर्ने काम गरे, गरिरहे । तर मुख्य कुरा, ती सबै कुराले उनीभित्रको लेखक कदापि डगेन ।
सच्चा लेखकको धर्म निर्वाह गर्न कोइराला जीवनमा कहिल्यै पछि परेनन् । आफ्नो साहित्यिक मान्यताप्रति इमानदारिता निर्वाह गर्न उनी सिर्जनामा सदा चुस्त खटिइरहे । एक एक सिर्जनामा उनले निरन्तर रूपमा परम्परित मूल्यमान्यताका सा“घुरा पर्खालहरूलाई निर्भीकसाथ भत्काइरहे । अन्तश्चेतनाले ठम्याएको सत्यलाई उनले सिर्जनामा बिनाढा“ट निरन्तर सशक्त बोलिरहे । साहित्यिक चिन्तन र सिर्जनात्मक कलमको सिञ्चन दुवै शक्ति लगाएर कोइरालाले नेपाली साहित्यको फा“टमा नवपनको उज्यालो निरन्तर गतिमा भिœयाइरहे । मधुपर्क