• १६ पुस २०८१, मङ्गलबार

सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

blog

प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा मनोनयन हुनुभएका महेश बर्तौला ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गर्नुभएको हो ।

उहाँलाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम मनोनयन गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।