• १२ पुस २०८१, शुक्रबार

पहिरो रोक्न योजना

blog

मनसुनी वर्षा सुरु भएसँगै पहाडी क्षेत्रमा बर्सेनि पहिरोको जोखिम हुने गरेको छ । भिरालो जमिनमा घर हुनेहरू लगातार र ठुलो पानी परेपछि रातभर सुत्न सक्ने स्थिति हुँदैन । कतिबेला माथिबाट पहिरो खस्ने हो वा तलबाट पहिरोले तान्ने हो भन्ने चिन्तामा रहनेमा मुलुकको कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढी देखिएको छ । पहिरोकै कारण खोलानालामा एकाएक बाढी आएर तटीय क्षेत्रमा पु¥याउने क्षतिसमेत उत्तिकै छ । विसं २०७८ मा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी र जुरे क्षेत्रको पहिरोले गरेको क्षति अकल्पनीय थियो । यस्तै खालका अन्य घटना पनि मुलुकमा हुँदै आएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० वर्षयता मुलुकभर करिब तीन हजार वटा पहिरो गएका छन् र ती पहिरोमा परेर एक हजार तीन सयभन्दा बढीले ज्यान गुमाएका छन् । यसै गरी सोही अवधिमा भएका एक हजार पाँच सयभन्दा बढी बाढीका घटनामा परेर करिब आठ सय जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ । 

पहिरोकै कारण बाढीको जोखिम हुने गरेको विभिन्न घटनाले पुष्टि गरेका छन् । सडकमा गुडिरहेका सवारीसाधन पहिरोमा परेर भएको जनधनको क्षतिसमेत उत्तिकै छ । गत शुव्रmबार मात्रै दुई वटा रात्रि बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा ६१ जना बेपत्ता भएपछि सडक यात्रातर्फको जोखिमसमेत उच्च देखिएको छ । बेपत्ता यात्रुमध्ये हालसम्म केहीको मात्र शव फेला परेको छ । नारायणगढ–मुग्लिङ सडकखण्डको जोगीमारा र कृष्णभिरको पहिरोले निकै ठुलो क्षति पु¥याएको स्मरणीय छ । पहिरो रोकथामका लागि अनेक कार्य हुँदै आएका पनि छन् । कतिसम्म भने पहिरो रोकथामका लागि साहित्यकारले कृष्णभिरमा गएर कविता वाचन गर्ने जस्ता हास्यास्पद कार्यव्रmम पनि गरिए । अहिले यी दुवै पहिरो रोकिएका भए पनि नयाँ ठाउँमा पहिरो गएर ठुलो क्षति भएको हो । हाल बाढीको भन्दा पहिरोको जोखिम धेरै देखिएको छ । अकल्पनीय ठाउँमा पनि पहिरो गएर क्षति पुगेको छ । केही वर्षयता गाउँमा पुगेको डोजरे विकासका कारण पहिरोको जोखिम झनै वृद्धि भएको स्थानीयको भनाइ छ । भौगोलिक अवस्थाको जोखिम ख्याल नगरी अनियन्त्रित ढङ्गले डोजर चलाएर निर्माण गरिएका ग्रामीण सडकका कारण पहिरो जाने व्रmममा दोब्बर वृद्धि देखिएको हो । 

नारायणगढ–मुग्लिङ सडकको पहाडको अवस्था र पहिरोको स्थितिबारे अहिलेसम्म कुनै किसिमको अध्ययन नै नभएको भूगर्भविद् डा. रञ्जनकुमार दाहालको भनाइ गम्भीर छ । माथिल्लो क्षेत्रका पहाडको अवस्थितिबारे भौगर्भिक तथा वातावरणीय अध्ययन गरेर पहिरोको जोखिम नियन्त्रण कार्य तत्काल थाल्नुपर्ने उहाँको सुझाव सम्बन्धित क्षेत्रले मनन गर्न आवश्यक छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार तीन वर्षयता मात्रै यो सडकखण्डमा ७६ पटक पहिरो खसेर ३२६ घण्टा त सडक नै अवरुद्ध भएको छ भने दर्जनौँ सवारीसाधन पुरिनुका साथै त्रिशूली नदीमा खसेका छन् । सबैभन्दा ठुलो हृदयविदारक घटना गत शुव्रmबारकै हो । गुडिरहेका बसलाई पहिरोले बगाएर भएको यति ठुलो क्षतिप्रति राज्य संयन्त्र गम्भीर हुन आवश्यक छ । 

नारायणगढ–मुग्लिङ सडकखण्डमा पटक पटक पुनर्निर्माण कार्य भएकोे छ । यसव्रmममा सडकको ३१ स्थानमा पहिरोको जोखिम ज्यादा भएकोबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोव्रmेट (आइसिटी) ले अध्ययन गरेर जोखिम क्षेत्र पहिचानसहित नियन्त्रणका लागि नारायणगढ–मुग्लिङ सडक आयोजनालाई प्रतिवेदन दिएको विदित हुन्छ । सोही प्राविधिक सुझावका आधारमा 

आयोजनाले १४ करोड रुपियाँको लागतमा २५ स्थानको पहिरो नियन्त्रणको काम गरेको जानकारी दिएको छ । पछिल्लो समयमा नयाँ नयाँ ठाउँमा पहिरो गएकोे छ । सडक पुनर्निर्माणका व्रmममा डोजर चलाउँदा, विस्फोटक पदार्थको प्रयोग गरिँदा थर्किएर खलबलिएको माथिल्लो क्षेत्र पानीले गलेपछि पहिरो जाने गरेको विज्ञको भनाइ छ । अर्कोतर्फ जथाभाबी गरिएको जग्गा प्लटिङले पनि थप समस्या निम्त्याएको देखिएको हो । पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न ढिला भइसकेको छ । रुखबिरुवा रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘बायोइन्जिनियरिङ’ लाई जोड दिनुपर्ने विज्ञको सुझाव मननीय छ । 

चट्टान खोपेर जाली प्रविधिबाट र कङ्व्रिmटको पर्खाल लगाएर पनि केही हदसम्म पहिरो नियन्त्रण गर्न सकिने वातावरणविद्को सुझाव रहेको छ । मनसुनी दुष्प्रभावको क्षति रोकथाम गर्न, न्यूनीकरण गर्न तथा योजनाबद्ध ढङ्गले प्रतिकार्यमा जुट्नुपर्ने त छँदै छ, पहिरो नियन्त्रणका सम्बन्धमा पनि तत्काल कार्ययोजना अगाडि बढाउन अपरिहार्य देखिन्छ ।