• १२ साउन २०८१, शनिबार

दुई जना बालकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार ३० गते । कैलालीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चुरे गाउँपालिका –६ का १३ वर्षीय सन्तोष नेपालीको ज्यान गएको हो । 

हिजो बाख्रा चराउन गएको बेला माथिबाट खसेको पहिरोमा परी बालक गम्भीर घाइते भएका थिए । आफन्तले धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका लागि ल्याए पनि सन्तोषको उपचारको क्रममा ज्यान गएको केन्द्रले जानकारी दिएको छ । 

पहाडी भू–भाग ओगटेको चुरे र मोहन्याल गाउँपालिकामा पहिरोको जोखिम बढी छ । यसैबिच, टीकापुर नगरपालिका –१ एकतानगर मुक्त कमैया शिविरका ११ वर्षीय बालक आरनेल चौधरीको पोखरीमा डुबेर ज्यान गएको छ । 

आकाशे पानीबाट जम्मा भएको पानीमा पौडी खेल्नेक्रममा डुबेर अचेत बालकलाई उपचारको लागि टीकापुर अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।