यामराज बिष्ट
पञ्कोशी (दैलेख), असार १३ गते । लागुऔषध दुर्व्यसनीविरुद्ध चेतना जगाउन दैलेखका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आग्रह गर्नुभयो । उहाँले लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सबैजनाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सरकारी निकायले नागरिकलाई जनचेतनामुलक कार्यक्रम मार्फत सचेत गराउने गराउनुपर्ने बताउनुभयो ।
लागुऔषध नियन्त्रण गर्न लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो । उहाँले लागुऔषध नियन्त्रणका लागि घर, समाज नागरिक समाज, स्थानिय सरकारवाला सबै लाग्नुपर्ने बताउनुभयो ।
दैलेखमा जिल्लामा पछिल्लो समयमामा लागुऔषध प्रयोग, कारोबार र ओसारपसार गर्नेको सङ्ख्या बढेको समेत बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको हालसम्म दैलेख जिल्लामा लागु पदार्थको सेवन तथा कारोबारमा संलग्न १९जना पक्राउ परेको समेत बताउनुभयो ।