• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने

blog

काठमाडौँ, असार २९ गते । प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार अपराह्न १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ । रासस