• १२ साउन २०८१, शनिबार

सिन्धुलीमा विङ्गर हाईस दुर्घटना : ११ जना घाइते

blog

सिन्धुलीमा भएको दुर्घटना विङ्गर हाईस । तस्बिर : सशस्त्र प्रहरी

सिन्धुली, असार २८ गते । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ११ः४० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी मरीन डाईभर्सनमा विङ्गल हाईस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको छ ।