• १२ साउन २०८१, शनिबार

पोखरामा पहिरोले घर बगायो, एक जनाको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार २६ गते । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो । 

पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा परी उहाँका छोरा भीमको मृत्यु भएको हो । भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र स्थानीयले बुधवार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर भने गए राति घरमा नरहनुभएकाले जोगिनुभएको छ ।